विद्युतीय फोहोर व्यवस्थापनमा ध्यान नदिंदा जोखिममा मानव स्वास्थ्य

विराटनगर, ११ असार । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्युतीय उपकरण जन्य फोहोरको व्यवस्थापनमा ध्यान जान नसकेको बताउनुभएको छ । आज नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा क्लोभेरलिफ इन्जिनियरिङले विराटनगरमा आयोजना गरेको ‘इ वेष्ट म्यानेजमेन्ट’ कार्यशालाको उद्घाटन गर्दै कोइरालाले विद्युतीय सामाग्रीजन्य फोहोरको व्यवस्थापनमा ध्यान जान नसकेको बताउनुभयो । उहाँले विद्युतीय फोहोर कसरी व्यवस्थापन गर्ने भन्ने विषय सोचनीय […]

संसदीय पत्रकार मञ्च कोशी प्रदेशको पदभार ग्रहण

विराटनगर, ११ असार । कोशी प्रदेस संसदीय पत्रकार मञ्चको नयाँ कार्यसमितिले आईतबार पदभार ग्रहण गरेको छ । असार २ गते भएको निर्वाचनले कुमार लुईटेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको थियो । विराटनगर स्थित प्रदेश सभा भवनमा आयोजित एक कार्यक्रममा नयाँ कार्यसमितिलाई […]

पूर्ण खोप लगाएका बालबालिकालाई पानी फिल्टर

विराटनगर ९ असार । मोरङको ग्रामथान ४ मा पूर्ण खोप लगाएका बालबालिकालाई पानी फिल्टर वितरण गरिएको छ । ग्रामथान गाउपालिका वडा नं ४ को सहयोग र स्वास्थ्य चौकी मोतिपुरको आयोजनामा पूर्ण खोप पूरा गरेका वालवालिहरुलाई प्रोत्साहन कार्यक्रम अन्तरगत चालु आर्थिक बर्षको जेठ मसान्त सम्ममा वडाका ५५ जना बालबालिकालाई शुक्रबार पानी फिल्टर वितरण गरिएको हो । […]

बाढी पीडितलाई प्रदेश सरकारले राहत पठायो

विराटनगर, ७ असार । पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र पाँचथरमा बाढी र पहिरोमा परी मृत्यु भएका छ जना मृतकका परिवारले पाउने गरी कोशी प्रदेश सरकारले प्रति मृतक एक लाखका दरले राहत रकम पठाएको छ । पाँचथरमा मृतक जुना साउदेन, हेमराज भन्न्ने संजोग लिम्बु र एलिषा माझी तथा ताप्लेजुङमा मृतक गणेश तामाङ, सुरेश राई, र केशर […]

ग्रामथानका महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी सम्मानित

विराटनगर ७ असार । मोरङको ग्रामथान ४ का सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी सम्मानित भएका छन् । वडा कार्यालयको सहयोगमा स्वास्थ्य चौकी मोतिपुरले कार्यरत ९ जना र अवकास प्राप्त २ जना गरि ११ महिला स्वास्थ्य स्वयंसेविका र ७ जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगीलाई सम्मानित गरेको हो । सम्मानित महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई १–१ […]