कोशी प्रदेशमा पहिचानवादी परिचालित भए : किशोर विश्वास

विराटनगर २५ मंसिर । समावेशी समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष किशोरकुमार विश्वासले कोशी प्रदेश नामकरणको विषयलाई लिएर पहिचानवादीहरुले शुरु गरेको आन्दोलन परिचालित भएको दावी गर्नु भएको छ । उहाँले नामकरण विरुद्धको आन्दोलन पार्टी लक्षित हुनु हुँदैन भन्नुभयो । विराटनगरमा आज समावेशी समाजवादी पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो,‘ पहिचानवादीको आन्दोलन प्रतिपक्षी दल र दलको […]

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सचेतनामूलक र्याली

विराटनगर २४ मंसिर । ७५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भ पारेर विराटनगर महानगरपालिकाले सचेतनामूलक र्याली आयोजना गरेको छ । विराटनगर महानगरपालिकाबाट सुरु भएको र्यालीले गोल्छाचोक, जलजलाचोक, ट्राफिक चोक हुँदै जनआन्दोलन चोकमा पुगेर समापन भएको थियो । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको समापनसमेत गरिएको थियो । र्यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले […]

मानवअधिकारकर्मी शर्मा र कट्टेल सम्मानित

विराटनगर २४ मंसिर । ७५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भ पारेर मानवअधिकार सञ्जाल मोरङले दुईजना मानवअधिकारकर्मीलाई सम्मान गरेको छ । आज विराटनगरमा आयोजित कार्यक्रममा मानवअधिकारका क्षेत्रमा लामो समयदेखि कार्य गरेबापत वरिष्ठ पत्रकार तथा मानव अधिकारकर्मी यज्ञ शर्मा र इन्सेककी वागमति कट्टेललाई सम्मान गरिएको थियो । सञ्जाल विराटनगरका अध्यक्ष विनोद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै […]

शर्मा र कट्टेल मानव अधिकार सम्मानबाट सम्मानित हुने

विराटनगर २३ मंसिर । ७५ औं अन्तरराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा दुई जना मानव अधिकारकर्मीलाई सम्मानित गरिने भएको छ । मानव अधिकार सञ्जाल विराटनगरले पत्रकार तथा मानव अधिकारकर्मी यज्ञ शर्मा र मानव अधिकारकर्मी बागमति कट्टेललाई मानव अधिकार सम्मानबाट सम्मानित गर्ने भएको हो । अन्तरराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा सञ्जालले हरेक वर्ष २ जना अधिकारकर्मीहरुलाई सम्मानित […]

राष्ट्रिय अभियानमा अवरोध नगर्न पहिचानवादीलाई एमालेको आग्रह

विराटनगर २३ मंसिर । नेकपा एमालेले शुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ राष्ट्रिय अभियानमा अवरोध नगर्न पहिचानवादीलाई आग्रह गरेको छ । राष्ट्रिय अभियान मंसिर २६ गते देखि कोशी प्रदेश प्रवेश गर्दैछ । कोशी प्रदेशमा पहिचान पक्षधरले एमालेको अभियानलाई अवरोध गर्ने गरिका विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । एमालेले पूर्वनिर्धारित कार्यतालिका अनुसार तीन हप्ते कार्यक्रम गत मंसिर १४ गते […]