विराटनगर ,३० असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका बालबालिकाहरुलाई खोपबाट बन्चित हुन नदिने प्रतिबद्धता व्यक्त्त गर्नु भएको छ। प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित प्रदेश पूर्ण खोप सुनिश्चिताको घोषणा गर्दै उहाँले बालबालिकाको सबै १३ बटा खोप १६ महिनामा लगाउने अधिकार कुण्ठित हुन नदिन मन्त्रालय, स्वास्थ्यकर्मी र महिला स्वास्थ्यस्वयमसेविकालाई आग्रह एवं निर्देशन दिनु भयो […]
विराटनगर ३० असार । कोशी खेलकुद विकास बोर्डले ८ जना पत्रकारलाई खेलकुद पत्रकारिता सम्मानबाट सम्मानित गरेको छ । आज विराटनगरमा आयोजित अन्तर प्रदेश खेलकुद प्रतियोगिता र १४ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्डका पदक विजेता खेलाडी सम्मान कार्यक्रमको अवसर पारेर बोर्डले लामो समय देखि खेलकुद पत्रकारितामा सक्रिय ८ जना पत्रकारलाई सम्मानित गरेको हो । बोर्डले खेलकुद […]
विराटनगर ३० असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई खेलकुदको महत्वपूर्ण गन्तव्यको रुपमा विकास गर्ने बताउनु भएको छ । प्रदेश खेलकुद बिकास बोर्डद्वारा आज विराटनगरमा आयोजित अन्तरप्रदेश राष्ट्रिय खेलकुद र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विशिष्ट व्यक्तिहरुगरी दुई सय जनालाई नगद सहित सम्मान […]
विराटनगर २९ असार । विराटनगरस्थित एभरेष्ट बोर्डिङ स्कुलले आयोजना गरेको कविता प्रतियोगितामा ‘वर्तमान’ शीर्षकको कविता वाचन गरेर कक्षा–१० की छात्रा रिजु अधिकारी प्रथम भएकी छन् । आदिकवि भानुभक्त आचार्यको २११ औं जन्मजयन्तीका अवसरमा आयोजित प्रतियोगितामा ३२ जना प्रतिस्पर्धीलाई पछि पार्दै रिजुले प्रथम पुरस्कार जित्न सफल भएकी हुन् । उनले नगद १० हजार पुरस्कारसहित ट्रफी र […]
विराटनगर २९ असार । कोशी प्रदेश खेलकुद विकास बोर्डले प्रदेशका दुई सय जना खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान एवं पुरस्कृत गर्ने भएको छ । बोर्डद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा भोली आईतबार अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियेगिता र १४ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त खेलाडी, सम्बन्धित खेलका प्रशिक्षक र व्यवस्थापकलाई नगद सहित सम्मान […]