जनताको पहुँचमा स्वास्थ्य सेवा पुर्याइनेछ : मुख्यमन्त्री कार्की

विराटनगर २७ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामान्य जनताको पहँुचमा स्वास्थ्य सेवा पुर्याउने प्रतिवद्धता व्यक्त्त गर्नु भएको छ । विराटनगर–११ जनपथ टोलमा २२ कठ्ठा जग्गामा ४८ करोड करोडको लागत एक सय शैयाको निर्माण गरिएको गोल्डेन अस्पतालको आज उद्घाटन गर्दै उहाँले प्रदेशको आर्थिक प्रगति एवं रुपान्तरण गरी गरीविका रेखामुनिका रहेका जनतालाई स्तरीय स्वास्थ्य सेवा […]

लाईफगार्ड अस्पतालको आगो नियन्त्रणमा, करिब डेढ करोडको क्षति

विराटनगर २७ साउन। विराटनगर महानगरपालिका–५ स्थित लाइफगार्ड अस्पतालमा लागेको आगो नियन्त्रणमा आएको छ । अस्पतालको आईसीयूमा आइतबार दिउँसो ३ बजेतिर आगलागी सुरु भएको थियो । विराटनगर महानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा करिब १ घण्टापछि आगो नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार आगलागीको कारण खुल्न सकेको छैन । विद्युत ‘सर्ट’ […]

परोपकारधाममा दैनिक आरतीका लागि सहयोग गर्न प्रदेश सरकार तयार : मुख्यमन्त्री कार्की

विराटनगर २६ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सिंघिया नदी आरतीले नेपाली समुदाय बीच सद्भावको सन्देश प्रभाव हुने बताउनु भएको छ । विपद, बस दुर्घटना, सौर्य एयरलाइन्स र डाईनेष्टी एयर दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा विराटनगर –१ परोपकारधाममा शुक्रबार साँझ देखि शुरु गरिएको सिंघिया नदि आरतीको शुभारम्भ गर्दै उहाँले प्रदेश सरकारले यो आरती ३६५ दिन […]

आदिवासी जनजातिहरु देशका गहना : सभापति पोखरेल

विराटनगर २५ साउन । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले आदिवासी जनजातिहरु राष्ट्रिय प्रतिष्ठा र देशको गहना भएको बताउनुभएको छ । शुक्रबार मोरङको रतुवामाईमा नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद्ले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले आदिवासी जनजातिको प्रतिष्ठालाई अझ सशक्त बनाउनुपर्ने बताउनुभयो । उहाँले आदिवासी जनजाति दिवसमा सार्वजनिक विदा दिन सरकारसँग माग गर्ने प्रतिबद्धता […]

विराटनगर परोपकारधाममा भोलि देखि आरती शुरु हुँदै

विराटनगर २४ साउन । विराटनगर १ परोपकारधाममा भोलि देखि सिंघिया आरती कार्यक्रम शुरु हुँदैछ । परोपकारधाममा हरेक शुक्रबार नियमित रुपमा आरती कार्यक्रम गर्ने गरि कार्यक्रम शुरु हुन लागेको हो । आरती कार्यक्रमको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । विराटनगरमा धार्मिक पर्यटन र सामाजिक सद्भाव कायम गर्ने उद्देश्य सहित परमार्थ सिंघिया […]