विराटनगर १८ मंसिर । एमालेको ईश्वर पोखरेल पक्षले धनकुटा, दाङ, ओखलढुंगालगायत जिल्लामा प्रतिनिधि चयन निष्पक्ष नभएको भन्दै आपत्ति जनाएको छ । पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई गुन्डुमा भेटेर आपत्ति जनाएका हुन् । ‘प्रतिनिधि चयनमा विधि बाहिर आफूखुसी निर्णय गर्ने, चुनाव भएको क्षेत्रमा परिणाम रद्द गर्ने […]
विराटनगर १७ मंसिर । कोशी प्रदेशका ६५ जना अपाङ्गता भएका व्यक्तिहरुले अन्तरनिहित प्रतिभा प्रस्तुत गरेका छन् । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेसन, राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश, सङ्गीत साधना प्रतिष्ठान, इटहरीको संयुक्त आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज विराटनगरमा आयोजित प्रतिभा पहिचान कार्यक्रममा विभिन्न ९ विधामा ६५ जना […]
विराटनगर १७ मंसिर । ७७ औं अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा राष्ट्रिय मानवअधिकार आयोग कोशी प्रदेशले ‘मानवअधिकार दौड’ प्रतियोगिता गर्ने भएको छ । आगामी मंसिर २४ अर्थात डिसेम्वर १० का दिन विहान विराटनगर राजवंशी चौक देखि महेन्द्र चौक सम्म ५ किलोमिटरको दौड प्रतियोगिता आयोजना गरिने आज आयोगले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । दौडमा […]
विराटनगर १६ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि कोशी प्रदेश कमिटीले सर्वसम्मत ५ जना प्रतिनिधि चयन गरेको छ । प्रदेश कमिटीले अध्यक्ष घनश्याम खतिवडा, उपाध्यक्ष टिकाराम चेम्जुङ, सचिव राजकुमार भण्डारी, उपसचिव जलबर्षा राजवंशी र प्रदेश कमिटी सदस्य तथा कोशी प्रदेश सरकार राज्यमन्त्री सिर्जना राईलाई महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन गरेको हो । मंसिर […]
विराटनगर १६ मंसिर । जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख तथा नेकपा एकिकृत समाजवादी कोशी प्रदेशका उपसचिव छिरिङ लामा एमालेमा प्रवेश गर्नु भएको छ । आज दिउँसो एमाले पार्टी कार्यालयमा पुगेका उहाँलाई पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्बोलगायतले खादा, माला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । लामासँगै अन्य कार्यकर्ता पनि पार्टी प्रवेश गरेको जनाइएको छ । नेकपा एसबाट […]