सुनसरीबाट १ सय ४८ किलो गाँजा बरामद

विराटनगर, १७ वैशाख । सशस्त्र प्रहरीले सुनसरीको भोक्राहानरसिंहबाट गएराति एक सय ४८ किलो गाँजा बरामद गरेको छ । ट्रकमा राखेर सुनसरीको बाटो हुँदै भारत लैजान खोजिएको लागुऔषध गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डिआइजी कमल गिरीले जानकारी दिनु भयो । प्रदेश १–०२–००२ ख ८६१४ नम्बरको ट्रकसहित भोक्राहानरसिंह गाउँपालिका–६ बाट गाँजा नियन्त्रणमा […]

लेटाङ घटना : महिला प्रहरी हत्या घटनामा कर्तव्य ज्यान मुद्दा चलाइएका १० जनालाई धरौटीमा छाड्न आदेश

विराटनगर, ६ वैशाख । महिला प्रहरी हत्या घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा चलाइएका १० जनालाई जिल्ला अदालत मोरङले जनही ५० हजार रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको छ । मोरङको मिक्लाजुङ गाउँपालिका–२ का २१ वर्षीय कान्छा भनिने कृष्ण विश्वकर्मा, लेटाङ नगरपालिका–५ का १९ वर्षीय डम्बर कार्की, २७ वर्षीय विशेक मगर, धनकुटा […]

मोरङको बेलबारीमा छोराले गरे बाबुको हत्या

विराटनगर, १ वैशाख । मोरङको बेलबारी नगरपालिका–७ काफ्ले टोलका ६२ वर्षीय जयबहादुर कार्कीको हत्या आफ्नै छोराले गरेका छन् । ३१ वर्षीय बासुदेव कार्कीले आज दिउँसो जयबहादुरको हत्या गरेको प्रहरीले जनाएको छ । बासुदेवले आँगनमा पछारेर बुवाको हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार कार्की परिवारमा केही समयअघिदेखि जग्गा अंशवण्डासम्बन्धी […]

१५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता

विराटनगर, ३० चैत । मोरङको लेटाङमा महिला प्रहरीको हत्या प्रकरणसँग जोडिएको घटनामा १५ जनाविरुद्ध आज कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । सरकारी वकिल कार्यालय मोरङले १५ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरेको हो । अभियुक्तमध्ये १० जना मात्रै पक्राउ परेका छन् । पाँच जना अझै फरार रहेको प्रहरीले जनाएको छ । […]

अवैध भारतीय रूपैयाँसहित विराटनगरबाट चार जना पक्राउ

विराटनगर, ३० चैत । अवैध भारतीय रूपैयाँ (भारु)सहित चार जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना भारतीय र दुई जना नेपाली नागरिक छन् । स्रोत नखुलेको भारती नोटसहित भारतीय नागरिक ३७ वर्षीय अभिनास मुखिया, २९ वर्षीय विष्णुदेव मुखिया तथा सुनसरीको बर्जु गाउँपालिका–१ का ३८ वार्षीय सुरज ऋषिदेव र शिवकुमारी ऋषिदेव पक्राउ […]