कोशी कोभिड अस्पतालबाट प्रतिवादी फरार

विराटनगर, २६ साउन । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उपचारका लागि विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका एक जना प्रतिवादी गएराति फरार बनेका छन् । विराटनगर महानगरपालिका–१८ घर भएका ४५ वर्षीय लक्ष्मण दास राति १० बजेतिर फरार बनेको प्रहरीले जनाएको छ । दासलाई लेनदेन मुद्दामा अदालतले २०७६ साल वैशाख २९ गते दोषी ठहर […]

बलात्कार आरोपमा कराँतेका प्रशिक्षक पक्राउ

विराटनगर, १० साउन । एक जना युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा विराटनगरबाट कराँतेका दुई जना प्रशिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–४ का ५० वर्षीय अमर भनिने सुरज सुवेदी र विराटनगर–३ का ५० वर्षीय विनोद राउतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनु भयो । उहाँका अनुसार सुनसरीको इटहरी घर भएकी […]

विराटनगरबाट अपहरणमा परेकी एक वर्षीया बालिकालाई ४८ घण्टापछि भारतको विहार दरभङ्गाबाट उद्धार

विराटनगर, ४ साउन । विराटनगरबाट अपहरणमा परेकी एक वर्षीया बालिकालाई प्रहरीले ४८ घण्टापछि भारतको विहार दरभङ्गाबाट सकुशल उद्धार गरेको छ । सोमबार विहान विराटनगर रोडशेष चौकबाट अपहरणमा परेकी बालिकालाई नेपाल भारतको बोर्डर एरियाबाट बुधबार विहान सकुसल उद्दार गरी घटनामा संलग्न अनु साह र रवीन्द्र साहलाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । मोरङको बूढीगंगा गाउँपालिका–१ […]

८ वर्षीया बालिका बलात्कार घटनामा संलग्न ६ महिनापछि पक्राउ

विराटनगर, ३ साउन । ८ वर्षीया बालिका बलात्कार घटनामा संलग्न ६ महिनापछि पक्राउ परेका छन् । गत माघ ५ गते मोरङको कानेपोखरी गाउँपालिका– ६ का ४३ वर्षीय काजिमान पुरीले बालिकालाई आफ्नो घरमा लगेर बलात्कार गरेको खुलेको हो । घटना भएकै दिन स्थानीयले पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमति पछि मौखिम रुपमा मिलापत्र भएको पाईएको छ । […]

प्रदेश सांसद खातुनले जेल सजाय भुक्तान गर्नुपर्ने

विराटनगर, ८ असार । प्रदेश १ की प्रदेशसभा सदस्य गुलेफुन खातुनले जेल सजाय भुक्तान गर्नुपर्ने भएको छ । सर्वोच्च अदालतले निस्सा दिन नमानेसँगै मुद्दामा उच्च अदालत विराटनगरकै फैसला सदर भएपछि खातुनले कैद सजाय भुक्तान गर्नुपर्ने भएको हो । नेकपा (एमाले)की समानुपातिक सांसद खातुनलाई उच्च अदालतले सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर गरिरहेको छ […]