विराटनगर, ३ साउन । ८ वर्षीया बालिका बलात्कार घटनामा संलग्न ६ महिनापछि पक्राउ परेका छन् । गत माघ ५ गते मोरङको कानेपोखरी गाउँपालिका– ६ का ४३ वर्षीय काजिमान पुरीले बालिकालाई आफ्नो घरमा लगेर बलात्कार गरेको खुलेको हो । घटना भएकै दिन स्थानीयले पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमति पछि मौखिम रुपमा मिलापत्र भएको पाईएको छ । […]
विराटनगर, ८ असार । प्रदेश १ की प्रदेशसभा सदस्य गुलेफुन खातुनले जेल सजाय भुक्तान गर्नुपर्ने भएको छ । सर्वोच्च अदालतले निस्सा दिन नमानेसँगै मुद्दामा उच्च अदालत विराटनगरकै फैसला सदर भएपछि खातुनले कैद सजाय भुक्तान गर्नुपर्ने भएको हो । नेकपा (एमाले)की समानुपातिक सांसद खातुनलाई उच्च अदालतले सरकारी छाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर गरिरहेको छ […]
विराटनगर, २ असार । विभिन्न मुद्धामा मोरङ जिल्ला अदालतबाट सजाय भई फरार रहेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रंगेलीको टोलीले फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जवरजस्ती करणी उद्योगमा सुनबर्षी नगरपालिका ४ का २५ बर्षिय मेघनाथ यादव छन । उनलाई २०७७ साल माघ २६ गते अदालतले ३ बर्ष ५ […]
विराटनगर, १९ जेठ । विराटनगरबाट ४० लाख मूल्य बराबरको अवैध सामानसहित एक जना भारतीय नागरिकलाई प्रहरीले हिजो साँझ पक्राउ गरेको छ । भारतीय ट्याक्टरमा राखेर विराटनगरबाट इटहरीतर्फ लैजाँदै गरेको तस्करीका सामानसहित ३४ वर्षीय श्याम चौधरीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनु भयो । चौधरी भारतको अररिया जिल्लाको जोगवनी–१० टिकुलियाका बासिन्दा हुन् […]
विराटनगर, २४ वैशाख । मोरङको रङ्गेलीमा निर्वाचन जित्ने अवस्था नभएपछि नेपाली काँग्रेसका कार्यकर्ताहरु प्रोपोगाण्डामा उत्रिएको आरोप नेकपा (एमाले) ले लगाएको छ । एमालेले शनिबार रङ्गेलीमा पत्रकार सम्मेलन गर्दै आफ्नो पार्टीका उम्मेदवार दिलीप बगडीयाको लोकप्रियताका कारण निर्वाचन जित्ने अवस्था नरहेपछि काँग्रेसका कार्यकर्ताहरु प्रोपोगाण्डामा उत्रिएको आरोप लगाएको हो ।शुक्रबार राति रङ्गेली–८ स्थित चाइना गेट टोलमा एमालेका उम्मेदारको […]