विराटनगर २३ चैत । माध्यमिक शिक्षा परीक्षा ( एसईई) सञ्चालन भईरहेका मोरङको तीन वटा परीक्षा केन्द्रबाट आज १९९ नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
मोरङको ग्रामथान, केराबारी र सुन्दरहरैचाबाट १९९ जना आज सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिनुभयो । ग्रामथान गाउँपालिका २ झोराहाटबाटस्थित सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट आज सामाजिक विषयको परीक्षा दिँदै गरेको ५२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
यस्तै सार्वजनिक मावि केराबारीबाट १२७ जना र जनता मावि सुन्दरहरैँचाबाट २० जना पक्राउ परेका छन् । यसअघि सरस्वती नमुना माविको परीक्षा केन्द्रबाट एक नक्कली विद्यार्थी पक्राउ परेका थिए ।