स्वस्थानी व्रत आजदेखि सुरू

विराटनगर ११ माघ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ […]

शिक्षा, स्वास्थ्य र वातावरणको अधिकारबारे प्रदेश स्तरीय कार्यशाला

विराटनगर १० माघ । संविधानको अक्षर र मर्म कार्यान्वयन भएमात्र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सम्बोधन हुने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । शिक्षा, स्वास्थ्य र वातावरणको अधिकारका सवालमा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) कोशी प्रदेश कार्यालय विराटनगरले आज विराटनगरमा आयोजना गरेको प्रदेशस्तरीय कार्यशालाका वक्ताहरुले संविधान कार्यान्वयनमा जोड दिएका छन् । शिक्षा, स्वास्थ्य र वातावरणका सवालमा […]

धिमाल जातिको अध्यक्षमा एमालेका अम्बरबहादुर निर्वाचित

उर्लाबारी, ९ माघ । पुर्वी तराइको अल्पसंख्यक आदिवासी जाति धिमालहरुको जातीय संस्थामा नेकपा एमालेका उम्मेद्वार अम्बरबहादुर धिमाल अध्यक्ष पदमा निर्वाचित भएका छन् । धिमाल जातीय विकास केन्द्रको केन्द्रीय समितिको ७ औं राष्ट्रिय महाधिवेशनको माघ ८ गते भएको निर्वाचनबाट अध्यक्ष पदमा अम्बरबहादुर निर्वाचित भएका हुन् । उनी नेकपा एमाले मोरङ जिल्ला कमिटी सदस्य हुन् । अम्बरबहादुरले […]

थारु कल्याणकारीणी सभा मोरङको दशौंं जिल्ला अधिवेशन माघ १० गते हुने

विराटनगर ८ माघ । थारु कल्याणकारीणी सभा मोरङको दशौंं जिल्ला अधिवेशन माघ १० गते हुने भएको छ । गत असार ८ र ९ मा भएको जिल्ला अधिवेशन विवादका कारण नेतृत्व चयन नगरि स्थगित भएको थियो । निर्वाचन अधिकृत पुनिललाल चौधरीले निश्पक्ष रुपमा निर्वाचन गराउन नसकेको भन्दै अध्यक्षका प्रत्यासी प्रदिपकुमार विश्वास समूहले बहिस्कार गरेको थियो । […]

विराटनगर ४ बाट सहयोगापेक्षी एक दम्पतीको उद्धार

विराटनगर ६ माघ । विराटनगर महानगरपालिका वडा नंं ४ श्रृष्टि मार्गबाट एक दम्पतीको उद्धार गरिएको छ । श्रृष्टि मार्गमा एक कटेरोमा लामो समयदेखि कष्टकर जीवन विताउँदै आएका स्वास्थ्य समस्या भएका बृद्ध अवस्थाका प्रकाश राई र उनकी पत्नीलाई उद्धार गरि मानव सेवा आश्रम विराटनगरमा लगिएको छ । एमाले विराटनगर ४ का वडाकमिटीका अध्यक्ष नवराज काफ्लेको पहलमा […]