विराटनगर, २ भदौ । विराटनगर महानगरपालिकाले मातहतका कार्यालयहरुको अनुगमनलाई तीव्रता दिएको छ । कार्यालयमा कर्मचारी नभेटिने, भेटिए पनि छिटोछरितो रुपमा काम नगर्ने जनगुनासो आएपछि महानगरले अनुगमनलाई तीव्रता दिएको हो । महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले बिहीबार वडा कार्यालय र शिक्षा महाशाखाको अनुगमन गर्नु भयो । उपप्रमुख कार्कीले आज ७ र ८ वडा कार्यालयको अनुगमन गर्नु […]
विराटनगर, २ भदौ । पछिल्लो २४ घण्टामा थप ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९३० जनाको परीक्षणमा ५४२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार २०८२ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र २८४८ जनाको एन्टिजेन परीक्षण गर्दा ३१८ जनामा संक्रमण देखिएको छ । […]
विराटनगर, २ भदौ । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले अपराध अनुसन्धानका लागि प्रहरी कर्मचारीलाई सुरक्षित र मजवुद् बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग एवं १ नम्बर प्रदेश प्रहरी कार्यालयको संयुक्त आयोजनामा संचालन भएको १ दिने प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठीमा बोल्दै मन्त्री कार्कीले अपराध […]
विराटनगर २ भदौ । महिपति त्रिलोचन न्यौपाने गोगने स्मृति प्रतिष्ठानको पाँचौं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । संस्थाले ९० बर्ष उमेर पार गरेका न्यौपाने आमा र न्यौपानेका छोरीहरुका साथै ‘भोजपुर गोगने पान्धारे हुँदै आउनु है त्यो माया छ भने’ भन्ने गितका लेखक/सर्जक तायुछाङ लामा (किरण )लाई सम्मानित गरेको छ । लामालाई २५ हजार […]
विराटनगर, १ भदौ । ताप्लेजुङ दुईवटा स्थानीय पालिकाका न्यायिक समिति संयोजकले विराटनगर महानगरपालिकाको न्यायिक समितिको अवलोकन गरेका छन् । आज ताप्लेजुङको फुङलिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझा र आठराई–त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष शान्ता आङबोहाङले महानगरको न्यायिक समितिको अवलोकन गर्नुभएको हो । उहाँहरूलाई महानगरकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक शिल्पा निराला कार्कीले स्वागत गर्नुभयो । सो क्रममा उपप्रमुख […]