विराटनगर ६ वैशाख । विराटनगर महानगरपालिकालाई नेपाल विद्यार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा आधारभूत र विद्यालयस्तरको शैक्षिक सुधारका निम्ति आज ज्ञापनपत्र वुझाएको छ । महानगरपालिका प्रमुख नागेश कोइरालालाई नेवि संघका केन्द्रीय प्रतिनिधि सुविन पराजुली लगायतको टोलीले आज १७ वुँदे ज्ञापन पत्र शिक्षा, विज्ञान तथा प्रवित्रि मन्त्रालय बोधार्थ राखि वुझाउनु भएको छ । उक्त ज्ञापनपत्रमा […]
विराटनगर ६ वैशाख । विवाहको लागि वर्तमान समयमा अध्याधिक खर्च लाग्ने कार्यलाई न्यूनिकरण गरी समाजमा जनचेतना जागृत गराउन आज विराटनगरमा १५ जना आदिवासी समुदायका युवायुवतीको सामुहिक विवाद बन्धनमा वाँधिएका छन् । माहेश्वरी महिला मञ्च विराटनगरले विगत छ महिनाको अथक प्रयास पछि मोरङ र झापाका सन्थान, राजवंशी र मण्डल समुदायका १५ जनाको विराटनगरस्थित अतिथि सदनमा आज […]
विराटनगर ६ वैशाख । चौथो संस्करणको ‘मिल्स गोल्डकप फुटबल’ वैशाख ७ गतेदेखि सुरू हुने भएको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टले बुधबार पत्रकार सम्मेलन गर्दै विराटनगर जुट मिलको खेल मैदानमा प्रदेशस्तरीय आठ क्लवले प्रतिस्पर्धा जानकारी दिएको छ । प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी, नगर खेलकुद विकास समिति बर्दिवास महोत्तरी, टिडब्लुवाईसी, विराटनगर, कन्काई स्पोर्टिङ्ग […]
विराटनगर ५ वैशाख । विराटनगरमा आज दिउँसो दुई समुदायबीच दोहोरो झडप भएको छ । झडपका कारण विराटनगरको रानी क्षेत्र तनावग्रस्त बन्यो । रामनवमीको अवसरमा हिन्दु सम्राट नेपालले निकालेको र्याली मुस्लिम बस्ती पुगेपछि तनाव सुरु भएको हो । विराटनगर महानगरपालिका–१५ रामजानकी मन्दिर र विराटनगर–१३ नहर चोकबाट हिन्दु सम्राट नेपालका मोरङ अध्यक्ष बलराम यादवको नेतृत्वमा सवारीसाधनसहितको र्याली […]
विराटनगर ४ वैशाख । समाजमा महिला हिंसाको अन्त्य र सामाजिक न्याय कायम गर्न कानूनको कार्यान्वयन आवश्यक रहेको सहभागीहरुले बताउनु भएको छ । राष्ट्रिय महिला आयोगद्वारा आज विराटनगरमा आयोजित महिलाको हक हित र अधिकार विषयमा विद्यमान कानूनी व्यवस्था र कार्यान्वयन सम्बन्धी अन्तरक्रियामा सहभागीहरुले तीन तहको सरकारले महिला सम्बन्धी कानून कार्यान्वयनको आवश्यक अनुगमनको व्यवस्था गरेमात्र समाजमा हिंसाको […]