विराटनगर १६ असोज । प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो । राउतको समितिले बुधबार नै सुनुवाइ गरेको हो । सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।
विराटनगर १६ असोज । विराटनगरमा भोलिदेखि थकाली चौथो सडक महोत्सव शुरु हुँदैछ । मन्जिना मुभिज क्रियसन प्रा.लि विराटनगरको आयोजनामा विराटनगर हिमालय रोडमा हुने महोत्सव असोज असोज २३ गतेसम्म सञ्चालन हुने छ । आयोजकले आज पत्रकार सम्मेलन गरि आयोजनाको तयारी अन्तिम चरणमा रहेको बताएको छ । मन्जिना मुभिजले विगत ४ वर्षदेखि सडक महोत्सव गर्दै आएको जनाएको […]
विराटनगर १५ असोज । सरकारले असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य सचिव एकनारायण अर्यालले प्रारम्भिक क्षतिबारे जानकारी दिएका हुन् । उनका अनुसार २२४ जनाको मृत्यु भएको छ भने २४ […]
विराटनगर १५ असोज । मोरङको रंगेली नगरपालिकाले चालु आर्थिक वर्षको करको दर र दायरालाई संशोधन गरेको छ । करको दर र दायरालाई नगरमैत्री बनाउन आज बसेको विशेष नगरसभाबाट चालु आर्थिक वर्ष २०८१–०८२ को दर र दायरालाई संशोधन गरिएको नगरपालिकाले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । नगरबासीले चालु आर्थिक वर्षका लागि निर्धारण गरिएको करको […]
विराटनगर १४ असोज । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन आज वुझाएको छ । प्रदेश प्रमुख खापुङ्गलाई आयोगका इटहरी कार्यालयका प्रमुख सुरेश न्यौपानेले ३४ औँ बार्षिक प्रतिवेदन वुझाउनु भएको हो । प्रदेश प्रमुख खापुङ्गलाइ आयोगले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम […]