लागुऔषध प्रयोगकर्ता बर्षेनी बढ्दै, तीनै तहको सरकारको प्राथमिकता भित्र पार्न जोड

विराटनगर ६ मंसिर । लागुऔषध प्रयोगकर्ताको संख्या बर्षेनी बढ्दै गएको छ । लागुऔषध प्रयोगकर्ता बर्षेनी बढ्दै गएका कारण समस्या समाधानका लागि तीनै तहको सरकारको प्राथमिकता भित्र पार्न सरोकारवालाहरुको जोड छ । रिकभरी नेपाल कोशी प्रदेश विराटनगरले बुधबार विराटनगरमा पत्रकारसँग गरेको अन्तरक्रिया कार्यक्रममा प्रदेश र स्थानीय सरकारले पनि लागुऔषधलाई आफ्नो प्राथमिकताको क्षेत्रमा राख्न माग गरिएको छ […]

कटहरी आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण

विराटनगर ६ मंसिर । मोरङ कटहरी गाँउपालिकाले वडा नं. ४ मा आफ्नै आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण गरेको छ । रंगेली नगरपालिकाकी मञ्जु देवी अग्रवालले निशुल्क उपलब्ध गराउनु भएको २ कट्ठा जग्गामा आफ्नै भवन निर्माण गरिएको हो । करिब ७० लाख रुपैयामा निर्माण गरिएको आफ्नै भवन निर्माण पछि भाडामा बस्दै आएको आधारभूत स्वास्थ्य केन्द्र सारिएको […]

मेनुका राईको स्वरमा ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक

विराटनगर ५ मंसिर । पुर्वेली लोक भाकामा पुर्वेली संस्कार संस्कृति बोकेका ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायिका मेनुका राईको स्वर रहेको छ । गीतकार चन्द्र जयपाल राईको शव्द संकलन तथा बसन्त सापकोटाको संगीत संयोजनमा रहेको पुर्वेली लोक भाका सार्वजनिक गरिएको हो । माया अनि पिरतीको भाका प्रस्तुत गर्दा गर्दै मागी बिवाह […]

अन्तराष्ट्रिय बालअधिकार दिवसमा सार्वजनिक सवारी साधनमा ‘२ मिनेट’ कार्यक्रम

विराटनगर ५ मंसिर । ३५ औं अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा सुनसरीको इटहरीमा यातायातमा बालसंरक्षण सचेतना कार्यक्रम गरिएको छ । सार्वजनिक सवारीका साधनमा २ मिनेट कार्यक्रम अन्तरगत यातायातमा यात्रा गर्ने यात्रीहरुलाई बालबालिका खोजतलास नं. १०४ र बालहेल्पलाईन नं. १०९८ को वारेमा जानकारी गराईएको थियो भने विभिन्न प्रचार सामग्रीहरुको वितरण गरिएको थियो । कार्यक्रममा १ सय वटा  […]

पूवि र हेल्भेटासबीच सम्झौता : शैक्षिक अभ्यासलाई व्यावसायिक जीवनसँग जोडिने

विराटनगर ५ मंसिर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) र हेल्भेटास नेपालबीच शैक्षिक अभ्यासलाई व्यावसायिक जीवनसँग जोड्ने उद्देश्यसहित सम्झौता गरिएको छ । सम्झौताले विश्वविद्यालयका बीबीए र एमबीए कार्यक्रमको पाठ्यक्रममा एरिया पोटेन्सियल सर्वे (एपीएस ) उपकरण समावेश गर्दै विद्यार्थीहरूको शैक्षिक अभ्यासलाई व्यावसायिक जीवनसँग प्रत्यक्ष जोड्ने मार्ग प्रशस्त गरेको विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठले बताउनुभयो । उहाँले […]