एमाले मोरङको विस्तारित बैठकमा उठ्यो विद्या भण्डारीलाई पार्टी कार्यालयमा ल्याएको विषय

विराटनगर ९ भदौ । नेकपा एमाले मोरङको विस्तारित बैठक आज रंगेलीमा बसेको छ । विस्तारित बैठक विशेष गरि काठमाण्डौंमा हुने दोश्रो विधान महाधिवेशनलाई केन्द्रित गरेको आयोजना गरिएको थियो । तर, विस्तारित बैठकमा जिल्ला कमिटी सदस्यहरुले गत भदौ ३ गते पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पार्टी कार्यालय ल्याएको विषयमा बोलेका थिए । जिल्ला कमिटीका एक सदस्यले भने,‘ […]

नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको तयारी तीव्र

विराटनगर ९ भदौ । ललितपुरको गोदावरीमा हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको तयारी तीव्र पारिएको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार गोदावरीको हलको दुईपटक अनुगमन भइसकेको छ । हल व्यवस्थापन तथा मञ्च व्यवस्थापनको संयोजक विनोद श्रेष्ठ रहनु भएको छ । उहाँकै नेतृत्वमा गोदावरी हल व्यवस्थापनको कार्य चलिरहेको छ । ‘सचिवालय कहाँ राख्ने, मञ्च […]

ब्रेकिङ नेपाल डट कमको औपचारिक रुपमा शुभारम्भ

विराटनगर ९ भदौ । कोशी प्रदेशको राजधानी विराटनगरबाट आजदेखि नयाँ अनलाइन पोर्टल ब्रेकिङ नेपाल डट कम औपचारिक रुपमा सुरु भएको छ ।  गाउँशहर मिडिया प्रालिद्वारा सञ्चालित ब्रेकिङ नेपाल डट कमको एक समारोहका बीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले शुभारम्भ गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका मेयर कोइरालाले मिडिया […]

अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल खुला गर्न माग गर्दै महासंघद्वारा आन्दोलन घोषणा

भदाै ९, काठमाडौँ । नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल खुला गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको छ । सोमबार बसेको महासंघको डिजिटल मिडिया विभागको बैठकले सरकारले करिब एक महिनादेखि अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम ठप्प पारेको भन्दै तत्काल सुचारु गर्न माग गरेको हो । विभागका संयोजक प्रकाश धौलाकोटीका अनुसार बैठकले […]

कोशी प्रदेश स्वास्थ्य नीति सार्वजनिक

विराटनगर ८ भदौ । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले प्रदेश स्वास्थ्य नीति २०८२ सार्वजनिक गरेको छ । प्रदेशका सबै नागरिक शारीरिक, मानसिक, सामाजिक र भावनात्मक रूपमा स्वस्थ रही उत्पादनशील जीवन यापन गर्न सक्षम हुने स्वास्थ्य नीतिको ध्येय रहेको छ । ६ वटा उद्देश्य र २६ वटा नीति तथा रणनीति रहेको प्रदेश स्वास्थ्य नीति कोशी प्रदेश […]