अरनिको कलेजद्धारा ५५ विद्यार्थी सम्मानित

विराटनगर ६ वैशाख । छात्रवृत्तीमा नाम निकाल्ने ५५ जना विद्यार्थीलाई विराटनगर–१० मा रहेको अरनिको कलेजले सम्मान गरेको छ । पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने ४८ जना विद्यार्थी र कलेजमा स्थापना गरिएको छात्रवृत्तिका ७ जना विद्यार्थीलाई कलेज परिसरमा आज एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । अरनिको कलेजमा अध्यनरत ६ जना विद्यार्थीले एमबीबीएसमा पूर्ण छात्रवृत्तीमा नाम […]

सत्यनारायण माविका २० विद्यार्थीलाई छात्रबृत्ति

विराटनगर ३० चैत । सत्यनारायण मावि विराटनगरले २० जना विद्यार्थीलाई छात्रबृत्ति वितरण गरेको छ । कक्षा ६–१२ सम्मका उत्कृष्ट ७ छात्रा, गरिव तथा जेहन्दार र अनुशासित गरि २० विद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएको हो । उत्कृष्ट ७ छात्रालाई नगद ११/११ हजार, ९ र १० का गरिव, जेहन्दार र अनुशासित ७ जना छात्र–छात्रालाई ५/५ हजार र कक्षा […]

विराटनगर महानगरस्तरीय आधारभूत तह कक्षा ८ को नतिजा सार्वजनिक

विराटनगर २७ चैत । विराटनगर महानगरपालिकास्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा कक्षा ८ को नतिजा सार्वजनिक भएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाले आज शैक्षिकसत्र २०७९ को नतिजा सार्वजनिक गरेको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाका अनुसार मदर्साको चैत ३ देखि र सार्वजनिक विद्यालयहरूको चैत ६ गतेदेखि परीक्षा लिइएको छ । सम्भवतः चैतभित्रै नतिजा […]

मोरङबाट एसईई परीक्षा दिने २ सय नक्कली परीक्षार्थी पक्राउ

विराटनगर २३ चैत । माध्यमिक शिक्षा परीक्षा ( एसईई) सञ्चालन भईरहेका मोरङको तीन वटा परीक्षा केन्द्रबाट आज १९९ नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मोरङको ग्रामथान, केराबारी र सुन्दरहरैचाबाट १९९ जना आज सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिनुभयो । ग्रामथान गाउँपालिका २ झोराहाटबाटस्थित सरस्वती नमुना […]

पूर्वाञ्चल विश्वविद्यालयद्धारा ६ हजार विद्यार्थी दिक्षित

विराटनगर, १९ चैत । पूर्वाञ्चल विश्वविद्यालयले आज ६ हजार विद्यार्थीलाई दिक्षित गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको सुन्दरहरैचाको गोठगाउँमा आज भएको ११ औं दीक्षान्त समारोहमा ६ हजार ५ सय १३ विद्यार्थी दीक्षित भएका छन् । कला संकायको स्नातकमा ९२, स्नाकोतरमा ४३, कानून संकायमा स्नातक १९९ र स्नाकोतरमा १०७, शिक्षाशास्त्र संकायमा स्नातक ३५४, स्नाकोतर […]