टोपी दिवसमा बुढानिलकण्ठ स्कुलको मार्चपास

विराटनगर १६ पुस । विराटनगर २ को बुढानीलकण्ठ अंग्रेजी आवासिय माविले ११ औं अन्तराष्ट्रिय टोपी दिवस मनाईएको छ ।

‘हाम्रो नेपाली टोपी : मेरो गौरव, मेरो पहिचान, मेरो शान’ भन्ने कुरालाई अवगत गराउँदै सम्पन्न गरिएको सो कार्यक्रममा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीले नेपाली टोपीका महत्व झल्काउने गीतहरुमा नृत्य प्रदर्शन र ढाका टोपीको महत्व झल्काउने नाटक प्रदर्शन गरेका थिए ।

राष्ट्रिय टोपी तथा राष्ट्रिय पोशाकमा सझिएका विद्यार्थीले विद्यालय परिसरबाट शुरु गरेको मार्चपास तीनपैनी, पानीटंकी, दुर्गाचौक र बजारमार्ग हुदै पुनः विद्यालय परिसरमा आएर समापन गरिएको थियो । कार्यक्रममासम्पूर्ण शिक्षकहरुले समेत राष्ट्रिय टोपीका साथै अधिकांशले राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाएर दिवशलाई थप रोचक बनाएका थिए ।

कार्यक्रममा नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीले राष्ट्रिय टोपी, कसैले भादगाउँले र कसैले पाल्पाली टोेपी लगाएका थिए ।

विराटनगर – २ स्थित बुढानिलकण्ठ स्कुलले ४० वर्ष देखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको प्रिन्सीपल मणी राज भट्टराईले बताउनुभयो । उहाँले विद्यार्थीलाई नेपाली संस्कृतिबारे ज्ञान दिने उद्देश्यले हरेक चाडपर्वहरुमा कार्यक्रम गर्ने गरिएको बताउनुभयो ।