सामाजिक कार्य विषयको पाठ्यक्रमलाई समयानुकुल बनाइने

विराटनगर १७ असार । सामाजिक कार्यका लागि दक्ष जनशक्ति अभाव रहेको विभिन्न संघ संस्थाहरूले गुनासो गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालय जनता आदर्श बहुमुखी क्याम्पसले विराटनगरमा गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीले सामाजिक संघ संस्थाका लागि आबश्यक दक्ष जनशक्तिको अभाव रहेको बताएका हुन् । महिला, बालबालिका जस्ता संवेदनशील क्षेत्रमा काम गर्ने संस्थाले व्यक्तिगत गोपनियता लगायतका विषयमा संवेदनशील हुनुपर्ने […]

ग्रामथानका महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी सम्मानित

विराटनगर ७ असार । मोरङको ग्रामथान ४ का सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी सम्मानित भएका छन् । वडा कार्यालयको सहयोगमा स्वास्थ्य चौकी मोतिपुरले कार्यरत ९ जना र अवकास प्राप्त २ जना गरि ११ महिला स्वास्थ्य स्वयंसेविका र ७ जना स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगीलाई सम्मानित गरेको हो । सम्मानित महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई १–१ […]

विराटनगर महानगरपालिकाले विराटनगर क्षेत्रमा सञ्चालित होस्टललाई व्यवस्थित बनाउने

विराटनगर ३२ जेठ । विराटनगर महानगरपालिकाले विराटनगर क्षेत्रमा सञ्चालित होस्टललाई व्यवस्थित बनाउने भएको छ । महानगरका प्रमुख नागेश कोइराला, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली र सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतको उपस्थितिमा भएको छलफलले होस्टल व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन कार्यदलसमेत गठन गरेको छ । वडा नम्बर १ का अध्यक्षसमेत रहनु भएका सामाजिक विकास समितिका […]

विराटनगर–१९ स्थित सार्वजनिक माविमा अत्याधुनिक कम्प्युटर ल्याब स्थापना

विराटनगर २८ जेठ । विराटनगर महानगरपालिकाले विराटनगर–१९ स्थित सार्वजनिक माध्यमिक विद्यालयमा अत्याधुनिक कम्प्युटर ल्याब स्थापना गरेको छ । आइतबार विद्यालयमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले ल्याबको उद्घाटन गर्नुभयो । महानगरको ४५ प्रतिशत र डिजिटल ब्रिजेज फोर नेपाल तथा विल्ट बेटर विराटनगरको ५५ प्रतिशत संयुक्त लगानीमा ल्याब स्थापना गरिएको हो । अत्याधुनिक उपकरणसहित ल्याबमा […]

महेन्द्र मोरङ क्याम्पस विराटनगरका प्रमुख सहित ६ जना १० घण्टा कार्यकक्षमै थुनिए

विराटनगर २७ जेठ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका क्याम्पस प्रमुख बाबुराम तिम्सिनासहित ६ जनालाई विद्यार्थीले कार्यकक्षमै १० घण्टा थुनेका छन् । उनीहरु राती १२ वजे छुटेका थिए । आईतबार क्याम्पस प्रशासन र स्ववियुवीच वार्ता गर्ने सर्तमा राती १२ बजे छोडिएको स्ववियु सदस्य मन्दिप पोखरेलले जानकारी दिनुभयो । क्याम्पस प्रमुख तिम्सिनासहित सहायक काम्पस प्रमुख […]