विराटनगर २ पुस । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारहरुले लोकतन्त्रको सुदृढिकरण र विधिको शासनका लागि भूमिका खेल्नु पर्ने बताउनुभएको छ । आज विराटनगरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सत्य र तथ्यका आधारमा पत्रकारहरुले राष्ट्रको पहरेदारी गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘अहिले नो नट अगेनका नाममा अनावश्यक […]
विराटनगर २ पुस । विराटनगर महानगरपालिकाको आयोजनामा सोमबारदेखि ‘महानगर रोजगार मेला’ सुरु भएको छ । विराटनगर–७ स्थित इको पार्कमा सुरु भएको मेलाको प्रमुख नागेश कोइरालाले उद्घाटन गर्नुभयो । रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरुलाई जोड्ने उद्देश्यले मेलाको आयोजना गरिएको महानगरले जनाएको छ । युवा जनशक्तिको वैदेशिक पलायनलाई रोक्ने उद्देश्यले स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्नका […]
विराटनगर २५ मंसिर । नेपाल पत्रकार महासंघको कोशी प्रदेशको अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । मंसिर २८ गते महासंघको निर्वाचन हुँदैछ । सोमबार अध्यक्षमा तीन जनाले उम्मेदवारी दर्ता गरेका हुन् । अध्यक्षमा भरत खड्का, विवेक गौतम र सन्तवीर लामाले उम्मेदवारी दर्ता गराएका छन् । भरत प्रेस चौतरी र प्रेस युनियन गठबन्धनको उम्मेदवार हुन् । […]
विराटनगर २५ मंसिर । कोशी प्रदेशमा रहेका सहकारी संस्थाहरुमा पाँच लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको आठ लाख २२ हजार तीन सय ११ जना छन् । ती बचतकर्ताले कुल ३३ अर्ब ११ करोड ६ लाख ४४ हजार ९ सय ९७ रुपैयाँ बचत गरेको सहकारी विभागले जनाएको छ । सहकारी संस्थामा तीन लाख र पाँच लाख रुपैयाँसम्म […]
विराटनगर २५ मंसिर । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ । कानुन, न्याय तथा […]