जहदाका ३३ किसानलाई कृषि सामग्री हस्तान्तरण

विराटनगर, २१ असार । मोरङको जहदाका करिव तीन दर्जन किसानलाई कृषि सामग्री वितरण गरिएको छ । जहदा गाउँपालिका १ बुधनगरकोे जय किसान कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध रहेका ३३ कृषकहरुलाई कृषि सामाग्री बितरण गरिएको हो ।मंगलबार संस्थाको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी कृषि पशु सहकारी संस्थाको सहकार्यमा व्यवसायिक पशुपालन कार्यक्रम अन्तरगत भेटेरिनरी अस्पताल तथा पशु […]

धनकुटाकी हिमा बस्नेत प्रदेशसभा सदस्यमा मनोनित

विराटनगर, २१ असार । धनकुटाकी हिमा बस्नेत (भट्टराई) प्रदेशसभा सदस्यमा मनोनित हुनुभएको छ । प्रदेश १ की एमाले सांसद गुलेफुन खातुनले राजीनामा दिएपछि रिक्त रहेको समानुपातिक सिटमा बस्नेतलाई मनोनयन गरिएको हो । सरकारी कागजात किर्ते गरेको अभियोगमा अदालतबाट सजाय भएपछि खातुनले राजिनामा दिएपछि समानुपातिक तर्फ एउटा सिट खालि भएको थियो । नेकपा एमालेको समानुपातिकबाट प्रदेश […]

विराटनगर महानगरद्वारा निर्माणाधीन संरचनाको अनुगमन तीव्र

विराटनगर, २० असार । पटक–पटक म्याद थप्दा पनि निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै तोकिएको मितिमा निर्माण सम्पन्न गर्ने प्रवृत्ति रहँदै आएको छ । ठेकेदार कम्पनीको यसै प्रवृत्तिलाई निरुत्साहित गर्न विराटनगर महानगरपालिकाले निर्माणको अनुगमनलाई तीव्रता दिएको छ । महानगरले तोकिएको समयमा काम सम्पन्न नगर्ने ठेकेदारको भुक्तानी रोक्ने तयारी थालेको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको […]

प्रदेश १ : आर्थिक वर्ष २०७९–०८० को विधियोजन विधेयक पारित

विराटनगर, १९ असार । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० का लागि लागि ल्याएको विधियोजन विधेयक (बजेट) बहुमतले पारित भएको छ । प्रदेशसभा बैठकले बहुमतबाट विधेयक पारित गरेको हो । प्रदेश १ सरकारले गत असार १ गते आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमाननित बजेट संसदमा प्रस्तुत गरेको थियो । […]

प्रदेश १ सरकारद्धारा ओलम्पिक, एसियन र साफ प्रतियोगितामा सहभागी भएका खेलाडी सम्मान

विराटनगर, १९ असार । प्रदेश–१ सरकारले ओलम्पिक, एसियन र साफ प्रतियोगितामा सहभागी भएका प्रदेश १ का खेलाडी सम्मान गरेको छ । प्रदेश १ सरकारले पहिलो पटक ओलम्पिक, एसियन र साफमा प्रतिनिधित्व गरेको खेलाडीलाई सम्मान गरेको हो । प्रदेश खेलकुद विकास बोर्डले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राजेन्द्र राईले खेलाडीहरुलाई सम्मान गर्नुभयो । खेलाडीहरुलाई हौसला […]