विराटनगर, भदौ २६ । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाइ विराटनगरको अध्यक्षमा कञ्चन न्यौपाने पुनः अध्यक्षमा निर्वाचित हुनु भएको छ । विराटनगरमा सम्पन्न अधिवेशनले न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा नारायणबहादुर खत्री, सचिवमा तोयानाथ काफ्ले, सह–सचिवमा आशीराम राजवंशी, कोषाध्यक्षमा हृदयकुमार राजवंशी र सहकोषाध्यक्षमा हरेराम यादव निर्वाचित हुनु भएको छ । […]
विराटनगर, २५ भदौ । फोहोरको मात्रै बढ्दै गएपछि विराटनगर महानगरपालिकाले नगरका चोक, गल्लीहरुमा सरसफाईको जागरण अभियान शुरु गरेको छ । कार्यपालिका बैठकबाटै निर्णय गरेर नगरपालिकाले अभियान शुरुवात गरेको हो । भदौ पहिलो साता महानगरु प्रमुख नागेश कोइरालाले अभियानको शुरुवात गरेका थिए । पहिलो पटक विराटनगर रथयात्रालाई केन्द्रित गरेर सफाई अभियानको थालनी गरिएको थियो । महानगरका […]
विराटनगर, २५ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पास गरेर सत्ता पक्षले उदण्डता देखाएको बताउनु भएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले सत्तापक्षले अहंकारको भाषा बोलेको बताउनुभयो । सरकारले अनावश्यक तनाव मात्र बढाउन खोजेको अध्यक्ष ओलीले बताउनुभभयो । यो विधेयक फिर्ता लिएर […]
विराटनगर, २५ भदौ । विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको चौथो दिन प्रत्यागमन मञ्चन भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा विराटनगरको बुढानिलकण्ठ से. ई. बो. स्कुलले पाठ्यक्रममा समावेश नाटक मञ्चन गरेको हो । गुरुप्रसाद मैनालीको कथालाई विद्यालयकी शिक्षक अस्मिना भट्ट कर्णले नाट्य रुपान्तरण र निर्देशन गरेकी हुन् । पारिवारिक पृष्ठभूमिको उक्त नाटकले नेपाली समाजका वास्तविकतालाई […]
विराटनगर, २२ भदौ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी मंसिर ४ गतेको निर्वाचन पछि पनि देशमा स्थिरता नआउने बताउनुभएको छ । निर्वाचन पछिका ५ वर्ष पनि मुलुक अस्थिरताका विच गुज्रने उहाँको भनाई छ । विराटनगरमा नेपाल दुरसंचार राष्ट्रिय कर्मचारी संगठनको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै एमाले उपाध्यक्ष पाण्डेले सो कुरा […]