विराटनगर ३० जेठ । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले मन्टेश्वरी देखि प्राथमिकतहका शिक्षक शिक्षिकालाई तीनदिने अनुशिक्षण तालिम दिइएको छ ।
२६ गतदेखि सुरु भएको अनुशिक्षण मंगलबार औपचारिक कार्यक्रमका साथ समापन गरिएको छ । अनुशिक्षणमा ४५ जना शिक्षक शिक्षिकाको सहभागिता रहेको विद्यालयका सह प्राचार्य नारायण कडरीयाले बताउनुभयो ।
अनुशिक्षणमा सामाजिक भावनात्मक सिकाई प्रकृया, प्रगतिउन्मुख मानसिकता र बालबालिकालाई कसरी सहयोग गर्ने भन्ने जस्ता विषयमा अभिमुखिकरण दिइएको छ । अनुशिक्षणलाई रातो बंगला फाउण्डेसन ललितपुरका प्रशिक्षक मिदेश महर्जन र सदिक्षा बज्राचार्यले सहजिकरण गर्नुभएको थियो ।
विगत ती नवर्षदेखि एभरेष्ट एजुकेशन फाउण्डेसनले रातो बंगला फाउण्डेसनसँग सहकार्य गरि शिक्षण पद्धतिको विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । यस्तै सिकाई प्रकृयामाकुनै बालबालिका नछुटुन् भन्ने उद्देश्यका साथ अघि बढेको एभरेष्ट स्कुलले शैक्षिक गुणस्तर अभिवृद्धिका लागिविभिन्न संस्थाहरुसँग सहकार्य गर्दै अघि बढेको छ ।
एभरेष्टले नयाँदिल्लीले सफलअभ्यास गरेको ह्यापीनेश करिकुलम तथा नैतिक शिक्षाका लागि आफ्नै करिकुलम समेत सञ्चालन गरेको छ ।