ग्रामथान अध्यक्ष नमोनारायणद्वारा पदभार ग्रहण, निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने पहिलो निर्णय

विराटनगर, १९ मंसिर । मोरङको ग्रामथान गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नमोनारायण माझीले पालिकाका सम्पूर्ण नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने पहिलो निर्णय गर्नुभएको छ । पालिकाको प्राङ्गणमा आज शपथग्रहण पछि पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय गर्नुभएको हुन । ‘ग्रामथान गाउँपालिका वा विराटनगरका कुनै पनि स्वास्थ्य संस्थासँग जाने प्रयोजनका लागि तथा ग्रामथान […]

मोरङ कटहरीका ६ वटा वडा कार्यालय आफ्नै भवनमा

विराटनगर, १९ मंसिर । मोरङको कटहरी गाँउपालिकामा ६ वटा वडा कार्यालयहरु आफ्नै भवनबाट सञ्चालन हुन थालेका छन् । ७ वटा वडाहरु रहेको कटहरी गाँउपालिकामा वडा नं. ६ को वडा कार्यालय कहाँ राख्ने भन्ने विवादका कारण निर्माण शुरु नै हुन सकेको छैन । वडा नं. ५ उद्घाटन भए संगै ६ वटा वडाहरु आफ्नै भवनमा संचालनमा आएको […]

बैदेशिक रोजगारीमा रहेका श्रमिकका परिवारसँगको अन्तरक्रिया 

विराटनगर,१८ मंसिर । बैदेशिक रोजगारमा गएका श्रमिकको क्षेत्रमा काम गर्ने नेपाल सरकारको आधिकारीक निकाय वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा रेहका श्रमिकका परिवारसँग पनि अन्तरक्रिया तथा छलफल थालेको छ । सो कार्यक्रम अन्र्तगत मंगलवार बाट ३ दिने अन्तरक्रिया तथा छलफल कार्यक्रम विराटनगरमा शुरु भएको छ । कार्यक्रममा वैदेशिक रोजगारीमा रहेका श्रमिकका परिवार तथा आफन्तजनहरु को सहभागिता […]

मुलुकमा राजनीतिक स्थायीत्व कायम गर्न गठबन्धन सरकार : डा कोइराला

विराटनगर,१८ मङ्सिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा राजनीतिक स्थायीत्व कायम गर्न वर्तमान गठबन्धन सरकार निर्माण भएको बताउनु भएको छ। नेपाली कांग्रेस १७ पालिका समिति मोरङद्वारा आज विराटनगरको जैन भवनमा आयोजित नेकां प्रथम ऐतिहासिक कोशी प्रदेशस्तरीय पालिका सभापतिहरुको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले दुई ठूला दल नेकां र एमालेबीच मुलुकमा […]

अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं विश्व दिवसका अवसरमा विराटनगरमा प्रभातफेरि

विराटनगर १८ मंसिर । अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं विश्व दिवसका अवसरमा विराटनगरमा आज प्रभातफेरि निकालिएको छ । विराटनगर महानगरपालिका, राष्ट्रिय अपाङ्ग महासंघ, करुणा फाउन्डेसन नेपाल, सिविआर लगायतका संस्थाहरुको अगुवाईमा विराटनगर महानगरपालिका परिसरबाट प्रभातफेरि निकालिएको हो । प्रभातफेरिमा विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की, कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका निमित्त सचिव फणिन्द्र खत्री लगायत सरोकारवाला […]