विराटनगर १८ मंसिर । अपाङ्गता भएका व्यक्तिहरुको ३३ औं विश्व दिवसका अवसरमा विराटनगरमा आज प्रभातफेरि निकालिएको छ ।
विराटनगर महानगरपालिका, राष्ट्रिय अपाङ्ग महासंघ, करुणा फाउन्डेसन नेपाल, सिविआर लगायतका संस्थाहरुको अगुवाईमा विराटनगर महानगरपालिका परिसरबाट प्रभातफेरि निकालिएको हो ।
प्रभातफेरिमा विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की, कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका निमित्त सचिव फणिन्द्र खत्री लगायत सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव खत्री प्रभातफेरिको शुरुवात देखि अन्त्य सम्म नै अपाङ्गता भएका व्यक्तिको व्हील चेयर डोर्याएर सहभागि हुनु भएको थियो ।
निमित्त सचिव खत्री सहभागिताले अपाङगता भएका व्यक्तिहरुले प्रदेश सरकार आफुहरुसँगै रहेको अनुभूति भएको प्रतिक्रिया दिएका थिए ।