विराटनगर २ कात्तिक । कोशी प्रदेशका विभिन्न जिल्लाबाट ४ दिनको अवधिमा ४४ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्धार गरिएको छ । सडकमा कष्टकर जीवन बिताइरहेकालाई मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनले संयुक्त रूपमा उद्धार गरिरहेको हो । आश्रम र फाउण्डेसनले ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस सडकपेटी’मा भन्ने मूल नाराका साथ मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा […]
विराटनगर २ कात्तिक । सञ्चारकर्मी सञ्चार सहकारी लिमिटेड विराटनगरले १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । सहकारीको आज विराटनगरमा सम्पन्न १३ औं बार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०–०८१ मा १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय अनुमोदन गरेको हो । ११८ जना सञ्चारकर्मी सदस्य रहेको सहकारीमा आर्थिक वर्ष २०८०–०८१ सम्म शेयर पूँजी २४ लाख ३५ […]
विराटनगर १ कात्तिक । कोशी प्रदेश सरकारको सेवा एउटै क्षेत्रबाट गर्ने कार्यलाई प्रदेश सरकारले प्राथमिकता दिने भएको छ । प्रदेशको स्थायी भौतिक संरचना निर्माणलाई प्राथमिकतामा राखी प्रदेश सरकारका सबै मन्त्रालय, निकाय र विभाग एवम् प्रदेशसभा समेतका कामकारवाहीलाई एउटै क्षेत्रबाट सुचारू गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउने नीति प्रदेश सरकारले लिने भएको हो । प्राकृतिक तथा […]
विराटनगर २९ असोज । झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट सोमबार मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा आरम्भ भएको छ । यात्राका क्रममा झापाबाट १० जनाको उद्धार गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट नौ पुरुष र एक महिलाको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको […]
विराटनगर २६ असाेज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ९० वर्षीया आमा जानुकादेबी कार्कीको हातबाट टीका तथा जमरा ग्रहण गर्नुभएको छ । टीकाको शुभसाइतमा उहाँले झापाको गौरादह ३ स्थित निवासमा आमासँग टीका लगाउनु भएको हो । आज दिन भर झापाको गौराहदमा रहेको निवासमा नै बसेर मुख्यमन्त्री कार्कीले आफन्तसंग शुभकामना आदानप्रदान र टीका लगाउने कार्यक्रम छ […]