विराटनगर २९ असार । कोशी प्रदेश खेलकुद विकास बोर्डले प्रदेशका दुई सय जना खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान एवं पुरस्कृत गर्ने भएको छ । बोर्डद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा भोली आईतबार अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियेगिता र १४ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त खेलाडी, सम्बन्धित खेलका प्रशिक्षक र व्यवस्थापकलाई नगद सहित सम्मान […]
विराटनगर २८ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशप्रतिको घृणा र आक्रोशलाई बदल्नेगरी काम गर्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिनुभएको छ । आज प्रदेश सरकार अन्तर्गतका मन्त्रालय र निकायका सचिवलाई निर्देशन दिदै उहाँले प्रदेशप्रति असन्तुष्टि बढेको र त्यसलाई कम गर्नेगरी काम गर्नका लागि सचिवहरुलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले प्रदेशमा घृणा, आक्रोश छ । […]
विराटनगर २७, असार । कोशी प्रदेश स्तरीय प्रथम भारोत्तोलन प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । कोशी खेलकुद विकास बोर्डले जिल्ला खेलकुद विकास समिति मोरङको संयोजकत्वमा विराटनगरमा पहिलो पटक भारोत्तोलन प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ५५ केजी समूहमा मोरङका अजित राजवंशी प्रथम, ६१ केजी समूहमा झापाका चन्दन मुखिया प्रथम, ६९ केजी समूहमा उदयपुरका रिवेश अधिकारी […]
विराटनगर २७ असार । प्रदेश सरकारले लैंगिक उत्तरदायी बजेटलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र संयुक्त राष्ट्र जनसंख्या कोष (युएनएफपीए) को आयोजनामा लैंगिक रुपान्तरणकारी दृष्टिकोण तथा लैंगिक उत्तरदायी बजेट सम्वन्धी कार्यशाला गोष्ठिका सहभागीहरुले लैंगिक उत्तरदायी बजेटलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन । कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश […]
विराटनगर २७ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेटलाई लयमा ल्याउने प्रयास भईरहेको बताउनुभएको छ । २०७८ सालदेखि प्रदेश सरकारको बजेट विग्रीएको उहाँले बताउनुभयो । प्रदेश सरकारको बजेटलाई सन्तुलनमा ल्याउने काम भईरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ २ वर्ष अघि बजेट निर्माण गर्दा जानेर÷नजानेर गल्ती भयो । अहिले सुन्तुलनमा ल्याउने काम भईरहेको छ ।’ […]