पूर्वाञ्चल विश्वविद्यालय कर्मचारी संघमा पुन : रुपेश वस्नेत निर्वाचित

विराटनगर, १८ जेठ । पूर्वाञ्चल विश्वविद्यालय कर्मचारी संघको केन्द्रीय समितिको अध्यक्षमा पुन : रुपेश वस्नेत निर्वाचित हुनु भएको छ ।

बस्नेत तेश्रो कार्यकालका लागि निर्वाचित हुनु भएको हो । संघको उपसभापतिमा कोपिला खड्का, महासचिवमा सुरेन्द्रकुमार यादव, सचिवमा कोमलप्रसाद गौतम, कोषाध्यक्ष बोधनाथ खड्का निर्वाचित हुनु भएको छ ।

संघको सदस्यहरुमा बोधराज निरौला, तुलसीप्रसाद बराल, अनिता राजवंशी, कविन दाहाल, रामबाबु यादव र महिला सदस्यमा अनु कार्की निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । ११ सदस्यीय केन्द्रीय समितिका लागि ३१ जना चुनावी प्रतिष्पर्धामा थिए ।