कक्षा ११ र १२ को कोर्षमा जोलोजिष्टको गुनासो

विराटनगर, जेठ १५। माध्यमिक शिक्षा कक्षा ११ र १२ दुबैको कोर्षमा जोलोजी विषयमा विषयवस्तुको चयन नमिलेको र परीक्षा पद्धतिमा वैज्ञानिकता नभएको सम्बन्धित विषयका विज्ञहरुले बताएका छन् । विराटनगरमा मङ्गलबार नेपालजोलोजिकल सोसाइटी(नेजोस) कोशी प्रदेश समिति र डिग्री क्याम्पसले संयुक्त रुपमा आयोजना गरेको अन्तरसम्वाद कार्यक्रममा सहभागी विज्ञहरुले त्यस्तो बताएकाहुन् । प्राडा दामोदर थापाले कक्षा ११ र १२ […]

विराटनगर महानगरद्वारा माछा–मासु पसलको अनुगमन

विराटनगर २३ वैशाख । विराटनगर महानगरपालिकाले माछा मासु पसलको अनुगमनलाई तीव्रता दिएको छ । विराटनगरलाई उत्तरी, मध्य र दक्षिणी क्षेत्र तीन क्षेत्रमा विभाजित गरेर महानगरले अनुगमनलाई तीव्रता दिएको हो । अनुगमनका क्रममा पसलको नवीकरण, दर्ता, सरसफाई, तौललगायत हेर्ने गरिएको महानगरको पशुपंक्षी विकास शाखा प्रमुख शुभनारायण यादवले जानकारी दिनुभयो । शाखा प्रमुख यादवको नेतृत्वमा रोडशेष दक्षिणको […]

शिक्षादीपमा ‘क्लाइमेट कन्फ्रेन्स’

विराटनगर १४ वैशाख । जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगि रहिएको वर्तमान सन्दर्भमा विराटनगरको अग्रणी शैक्षिक संस्था शिक्षादीप कलेजले एक दिवसीय जलवायु सम्मेलन सम्पन्न गरेको छ । कलेजमा शुक्रवार आयोजित सम्मेलनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) की सह–प्राज्ञ डा.इन्द्रमणि भगतले सहभागीहरुको प्रस्तुतिकरणले वातावरण प्रदूषणका विश्वव्यापीखास मुद्दाहरुको चर्चा गरेको बताउनुभयो । उहाँले नेपाल पनि जलवायुको […]

वन्यजन्तु संरक्षण विभागले भन्यो–मोरङको उर्लाबारीमा हिँउ चितुवा भेटिनु अस्वभाविक

विराटनगर १२ माघ । मोरङको उर्लाबारी क्षेत्रमा हिँउ चितुवा भेटिनु अस्वभाविक भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । बुधबार उर्लाबारी–१ चारघरे भन्ने ठाउँमा वयस्क भाले हिँउ चितुवा भेटिएको थियो । बाँसको झ्याङमा बसेको अवस्थामा भेटिएको हिँउ चितुवालाई उद्दार गरेर अहिले सदर चिडिया खाना, जाउलाखेल ल्याइएको छ । पूर्व कञ्चनजंगादेखि पश्चिम अवि नम्पा […]

मोरङको उर्लाबारीबाट भाले चितुवाको उद्धार

विराटनगर ९ माघ । मोरङको उर्लाबारीबाट आज दिउँसो भाले चितुवाको उद्धार गरिएको छ । प्राकृतिक वासस्थान छाडेर गाउँ पसेको अन्दाजी ४० किलोग्राम तौलको वयस्क चितुवाको उद्धार गरिएको  हो । चितुवालाई उर्लाबारी नगरपालिका–१ चरघरेबाट नियन्त्रणमा लिइएको छ । चितुवालाई नियन्त्रणमा लिन कोशी टप्पु वन्यजन्तु आरक्ष र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट वन्यजन्तु विज्ञको संयुक्त टोली उर्लाबारी पुगेको […]