पराजयबाट विचलित भएको छैन, जनताको सेवामा निरन्तर रहन्छु : पर्शुराम

विराटनगर, ११ मंसिर । नेकपा (एमाले)का नेता पर्शुराम बस्नेत (कृष्ण)ले आफू अबिराम हिसाबले जनताको सेवामा खटिने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले निर्वाचनमा आफूलाई प्राप्त भएको मतले निराश नबनाएको र थप उत्साह प्रदान गरेको पनि उल्लेख गर्नु भयो । ४ गते सम्पन्न निर्वाचनमा बस्नेत मोरङको निर्वाचन क्षेत्र नम्बर ६ ‘ख’बाट प्रदेशसभा सदस्यका उम्मेदवार हुनुहुन्थ्यो । […]

भ्रम र प्रलोभनमा नपर्न एमाले उम्मेदवार घिमिरेको आग्रह

विराटनगर १ मंसिर । मोरङ क्षेत्र नं. ४ (ख) का एमाले उम्मेदवार जीवन घिमिरेले कुनैपनि भ्रम र प्रलोभनमा नपर्न आम मतदाताहरुलाई आग्रह गर्नु भएको छ । आज एक भिडियो सन्देश मार्फत उम्मेदवार घिमिरेले आज मध्यराती देखि खुल्ला प्रचार प्रसार नहुने भएकाले यसवीचमा प्रभाव पार्ने, भ्रम छर्ने कार्य हुने भन्दै कुनैपनि प्रभावमा नपर्न आग्रह गर्नुभएको हो […]

मोरङ ६ मा साढे ५ अर्ब बढीको बजेट ल्याएँ, विगतमा जित्नेहरुले कही ५० लाखको काम गरेको देखिन : लालबाबु पण्डित

एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डित एमाले भित्र लोकप्रिय नेताका रुपमा परिचित छन् । २०४८ को निर्वाचनबाट संसदीय यात्रा सुरु गरेदेखि संसद, सरकार, सुकुम्बासी आयोगलगायतमा पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरी लोकप्रिय बन्न सफल भएका हुन । स्थायी कमिटी सदस्य पण्डितसँग घरदैलोका क्रममा विराटनगर १२ मा गरिएको कुराकानीको सारसंक्षेप : चुनावी अभियान कसरी चलिरहेको छ । […]

सत्ता गठबन्धन खरानीको डल्लो हो, मंसिर ४ पछि फुट्छ : ओली

विराटनगर, ३० कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनको आयु मंसिर ४ सम्म रहेको बताएका छन । निर्वाचनपछि गठबन्धनको काम सकिने उहाँको भनाइ छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एमाले अध्यक्ष ओलीले भन्नुभयोे,‘गठबन्धन खरानीको डल्लो हो, मंसिर ४ पछि फुट्छ ।’ मंसिर ४ पछि एमाले नेतृत्वको सरकार बन्ने उहाँको दाबी […]

आर्थिक समृद्धि र सुशासनका लागि गठबन्धनले जित्नुपर्छ : प्रचण्ड

विराटनगर, ३० कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा आर्थिक समृद्धि र सुशासनका लागि गठबन्धनले निर्वाचन जित्नुपर्ने बताउनु भएको छ । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गत सुन्दरहरैँचा नगरपालिकाको गछियामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले मुलुकको विकास गठबन्धनबाट मात्रै सम्भव भएको जिकिर गर्नु भयो । फेरि प्रतिगमनविरुद्ध आन्दोलन गर्न नपरोस् […]