विराटनगर, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरुले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् । रास्वपा आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले पार्टीबाट मन्त्री बनेकाहरुले आइतबार नै राजीनामा बुझाउने जानकारी दिनुभयो । रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या […]
विराटनगर १९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा सत्तापक्षको उम्मेदवार नै एमालेको हुने बताउनु भएको छ । सत्तापक्षबाट एक मात्र उम्मेदवार हुने र त्यो एमालेको हुने उहाँको भनाई छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष ओलीले भन्नुभयोे,‘ एमालेको उम्मेदवार नै सत्तापक्षको हो ।’ सत्तापक्षबाट राष्ट्रपतिको अर्काे उम्मेदवार नहुने उहाँको भनाई छ […]
इटहरी २२ पुस । प्रदेश १ मा नयाँ सरकार गठनको मिति नजिकिंदै जाँदा सरकारमा सहभागी हुने सांसदहरुको चर्चा सुरु भएको छ । सबैभन्दा ठूलो दल नेकपा एमालेबाट संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री बन्ने निश्चित झैं हुँदा मन्त्रिमण्डलमा सहभागी हुने अन्य सांसदहरु बारे चर्चा सुरु भएको हो । सांसदहरुले समेत विभिन्न माध्यमबाट मन्त्रिमण्डलमा सहभागिताका लागि […]
विराटनगर, २१ पुस । नेकपा (एमाले) प्रदेश १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारी चयन हुनु भएको छ । प्रमुख सचेतक चयनका लागि एमाले संसदीय दलको बैठक आज बसेको थियो । सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भण्डारीलाई एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रमुख सचेतक नियुक्त गर्नु भएको हो । […]
विराटनगर १५ पुस । नेपाली काँग्रेस प्रदेश १ को संसदीय दलको नेतामा झापाका उद्धव थापा निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा थापाले १८ मत अर्थात ५१ प्रतिशत मत ल्याउँदै विजयी भएको प्रदेश १ संसदीय दलको नेता निर्वाचन समितिका संयोजक रमेशजंग रायमाझीले जानकारी दिए । थापासहित संसदीय दलको नेतामा अमृत अर्याल र केदार कार्कीले उम्मेदवारी […]