सूचना प्रविधिकाे प्रयाेगमा जाेड

विराटनगर १६ माघ । सूचना प्रविधिको प्रयोगमा सराेकारवालाहरूले जाेड दिएका छन् । कोशी प्रदेशको ट्राफिक व्यवस्थापन, स्थानीय तहहरूले प्रदान गर्ने सेवामा गुनासो व्यवस्थापन र प्रहरीको कामलाई प्रभावकारी बनाउन सूचना प्रविधिको प्रयोग बढाउनेबारे मंगलबार विराटनगरमा आयोजना गरिएकाे कार्यक्रममा जाेड दिईएकाे हाे । जेनिस सोलुसन प्रालिका प्रमुख कार्यकारी अधिकृत अन्जनी फुयालले  सूचना प्रविधिलाई विकासको काममा प्रयोगमा ल्याउन सकिने […]

प्रेस चाैतारी माेरङले वार्षिक कार्ययाेजना बनाएर काम गर्ने

विराटनगर १५ माघ । प्रेस चाैतारी माेरङले वार्षिक कार्ययाेजना बनाएर काम गर्ने भएकाे छ । कार्ययाेजना समेटेर बार्षिक क्यालेन्डर तयार गरिने चा‌ैतारी माेरङले निर्णय गरेकाे छ । मंगलबार विराटनगरमा नवनिर्वाचित कार्यसमिति अध्यक्ष चीना थापाकाे अध्यक्षतामा बसेकाे पहिलाे बैठकले कार्ययाेजना सहितकाे क्यालेन्डर तयार गर्न सचिव नवराज भट्टराईकाे संयाेजकत्वमा सहसचिवद्वय कृष्णचन्द्र सुवेदी र राजकुमारी तामाङ सदस्य रहनु […]

पहिचानवादीहरूलाई वार्तामा आउन काेशी प्रदेश सरकारकाे आह्वान

विराटनगर १५ माघ। कोशी प्रदेश सरकारले पहिचानवादीहरूलाई वार्तामा आउन आह्वान गरेको छ। कोशी प्रदेश सरकारले गठन गरेको वार्ता समितिको आज बसेको बैठकले प्रदेशमा असन्तुष्ट रहेका पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो । केही दिनदेखि ताप्लेजुङ लगायतका क्षेत्रमा भइरहेको आन्दोलनलाई लिएर प्रदेश सरकारले गम्भीर ध्यानाकर्षण भएको बताउँदै वार्ताको लागि आह्वान गरेको हो । कोशी प्रदेशका […]

कोशी प्रदेशका २ लाख ६५ हजारलाई एचपीभी खोप लगाईने

विराटनगर १५ माघ । कोशी प्रदेशका २ लाख ६५ हजार किशोरीहरुलाई एचपीभी (ह्युमन प्यापिलोमा भाईरस) खोप लगाईने भएको छ । आगामी माघ २२ देखि फागुन ७ गते सम्ममा विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्राहरु २ लाख २० हजार ५८४ र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका ४५ हजार किशोरीलाई खोप लगाईने […]

‘कमरेड हिजो र आज’ पुस्तकको विमोचन हुने

विराटनगर १५ माघ । नेकपा एमालेका नेता जीवन घिमिरेले लेख्नु भएको ‘कमरेड हिजो र आज’ पुस्तकको आगामी शनिबार विराटनगरमा विमोचन गरिने भएको छ । प्रगतिशिल लेखक संघ नेपाल मोरङको आयोजनामा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पुस्तकको विमोचन गर्नु हुने छ । एमाले केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्व मन्त्री घिमिरेले वि.सं २०३६–०४६ सम्मको आन्दोलनलाई समेटेर पुस्तक […]