विराटनगर ९ जेठ । विराटनगरका तीन वटा विद्यालयमा मानव बेचबिखन र बाल विवाहविरुद्ध अभिमुखीकरण कार्यक्रम गरिएको छ । विराटनगर महानगरपालिकाको सहयोगमा र माइती नेपाल मोरङको आयोजनामा मानव बेचबिखन तथा बाल विवाहविरुद्धको अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई मानव बेचबिखन र बाल विवाहका खतरा, त्यसका कानुनी आयामहरू, रोकथामका उपायहरू लगायत विषयमा जानकारी दिईएको माईती […]
विराटनगर ९ जेठ । ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ भन्ने मूल नाराका साथ देशव्यापी अभियानमा जुटेको नेकपा एकीकृत समाजवादीले यसअघि बुझाइएको मागपत्रबारे प्रधानमन्त्रीलाई पुनः स्मरणपत्र बुझाएको छ । एकीकृत समाजवादीको मोरङ जिल्ला कमिटीले शुक्रबार मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई स्मरणपत्र बुझाएको छ । ‘हामीले यसअघि नै जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री र सरकारको ध्यानाकर्षण गराइसकेका छौं’, […]
विराटनगर, ७ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा विपद् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गैरहेको बताउनु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको आयोजनामा र पूर्वी पृतना हेडक्वाटर इटहरी सुनसरीको व्यवस्थापनमा सञ्चालित‘ कोशी प्रदेश विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन एकीकृत अभ्यास हातेमालो–७’ को आज दोस्रो दिन विराटनगर जुटमिलको खुल्ला चौरमा आयोजित भूकम्प […]
विराटनगर, ४ जेठ । कोशी प्रदेश सभाको सातौँ अधिवेशनको आज बसेको पहिलो बैठकमा ‘कोशी प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२’ सभामा पेस भयो । आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले सो अध्यादेश प्रस्ताव गर्दै सदन नचलेको अवस्थामा सरकारको कामकाज आएको समस्यालाई निराकरण आठ वटा विधेयक अध्यादेशबाट ल्याएको जानकारी दिनुभयो । उहाँले जनताको […]
विराटनगर ४ जेठ। कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ को नीति तथा कार्यक्रम जेष्ठ ५ गते प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ। कोशी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषदको बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने निर्णय गरेको हो। कोशी प्रदेश सरकारका आन्तरिक मामला तथा कानुनमन्त्री रेवती रमण भण्डारीका अनुसार प्रदेश सभामा सरकारको नीति […]