विराटनगर २१ फागुन । मोरङको धनपालथानमा सशस्त्र प्रहरी बलका डीएसपी (सशस्त्र प्रहरी नायब उपरीक्षक) सोमबार दिउँसो झुन्डिएको अवस्थामा मृत फेला परेका छन । सशस्त्रका डीएसपी उपेन्द्र बस्याल आज दिउँसो मृत फेला पर्नु भएको हो । नेपाल प्रहरीका अनुसार बस्याल धनपालथान गाउँपालिका–३ स्थित बीओपी (बोर्डर आउट पोस्ट) सोराभागका प्रमुख हुनुहुन्थ्यो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका […]
विराटनगर, २१ फागुन । कोशी प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगितामा शिक्षादीपकलेज विराटनगरले प्रथम स्थान हासिल गरेको छ । काठमाण्डौमा अवस्थित प्रि इन्जिनियरिङ पढाइ हुने संस्था पीईए र मनमोहन प्राविधिक विश्वविद्यालयको संयुक्त आयोजनामा भएको सो प्रतियोगितामा सहभागी ३२ वटा समूहलाई पछि पार्दै शिक्षादीप कलेजबाट सहभागी भएका दुई वटा समूहले नै प्रथम र द्वितीय स्थान हासिल गरेका थिए […]
विराटनगर २० चैत । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै गएर निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको छ । महानगरले १९ वटै वडामा बसोबास गर्ने ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको हो । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा स्वास्थ्य सेवा दिन घरदैलोमा जाने स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण तालिमसमेत […]
विराटनगर, २० फागुन । विराटनगरमा सम्पन्न दोश्रो राष्ट्रिय डोरी तान प्रतियोगितामा कोशी प्रदेश विजयी भएको छ । दुइदिन सम्म विराटनगरमा संचालन भएको पहिलो राष्ट्रिय डोरीतान प्रतियोगिताको विजेता सशस्त्र प्रहरीलाई हराउदै कोशी प्रदेशले दोश्रो डोरीतान प्रतियोगिता जितेको हो । पहिलो खेल ४५ सेकेण्डमा जितेको कोशीले दोश्रो खेल भने १ मिनेट ७ सेकेण्डमा मात्र जित्न सकेको थियो […]
विराटनगर १८ फागुन । डेढ वर्षदेखि इलाका प्रशासन कार्यालय रंगेली प्रमुखविहीन भएको छ । कार्यालयमा प्रमुख पठाउन गृह मन्त्रालयले ढिलासुस्ती गरेका कारण डेढ वर्षदेखि इलाका प्रशास कार्यालय प्रमुखविहीन भएको हो । कार्यालयमा प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्दै आएका छन् । प्रशासन कार्यालयमा काम लिए आउने सेवाग्राहीले हप्ताको मंगलबार र शुक्रबार मात्रै कार्यालयबाट सेवा प्राप्त गरिरहेका […]