विराटनगर १ साउन । कोशी प्रदेशमा आजदेखि सबै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेशका सबै जिल्लामा पूर्वाधार निर्माणका कामलाई व्यवस्थित र सहज ढङ्गले सञ्चालन गर्न प्रदेश सरकारले आजबाट पूर्वाधार कार्यालयहरू सुरु गरेको हो । सुनसरीको इनरुवामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कार्यालय उद्घाटन गर्नुभएको छ। मुख्यमन्त्री कार्कीले कार्यालय उद्घाटन गर्दै […]
विराटनगर ३२ असार । नेपालको जलश्रोत तथा आर्थिक क्षेत्रको विकासका लागि भारतीय उद्योगीहरुले लगानी गर्नुपर्ने सुझाव दिएका छन् । नेपाल भारत मैत्री युवा संघ मोरङद्वारा आज विराटनगरमा आयोजित नेपालको विकासमा भारतीय लगानीको भूमिका विषयक गोष्ठीमा उहाँहरुले उद्योग,पर्यटन सूचना प्रविधि क्षेत्रमा भारतीय लगानीले दुई देशलाई फाइदा पुग्ने विचार राख्नु भएको छ । नेपाली काग्रेसका नेता एवं […]
विराटनगर ३१ असार । पूर्वाञ्चल विश्वविद्यालयको ४१ औं सभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ७० करोड १४ लाख ३० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतमा प्रधानमन्त्रीनिवास बालुवाटारमा आज सम्पन्न ४१ औं सभा बैठकले बजेट स्वीकृत गरेको हो । बैठकमा रजिष्ट्रार प्राडा कल्याणी मिश्र त्रिपाठी आर्थिक […]
विराटनगर ३० असार । कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरेका छन् । वैशाख २७ देखि असार ३० गते सम्ममा कोशी प्रदेशका १ हजार १५७ वडा र १३७ वटै स्थानीय तह र १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरेका हुन् । प्रदेश खोप समन्वय समितिको आज विराटनगरमा बसेको बैठकमा […]
विराटनगर ३० असार । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र संयुक्त राष्ट्रिय सङ्घीय खाद्य तथा कृषि संगठन ( एफएओ) को नेपाल साथै भुटान हेर्ने प्रतिनिधि केन सिमिजु बीच आज भेटवार्ता भएको छ। सो अवसरमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत परियोजनाहरु संचालन गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले […]