स्थानीय तह उपनिर्वाचन अन्तिम चरणमा, मौन अवधि शुरु

विराटनगर १४ मंसिर । स्थानीय तह उपनिर्वाचन २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । उपनिर्वाचन अन्तर्गत मतदान हुनुभन्दा ४८ घण्टाअघि मङ्सिर १३ गते बिहीबार मध्यरातिदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले मौन अवधिमा कुनै उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न तथा मतदानका लागि नकारात्मक प्रभाव पार्ने गतिविधि गर्न रोक लगाएको छ । आयोगका प्रवक्ता नीता […]

तीनै तहको सरकारवीच सहकार्य आवस्यक : मुख्यमन्त्री कार्की

विराटनगर १३ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीनै तहका सरकारको सहकार्य र सहअस्तित्वबाट मात्रै विकास सम्भव रहेको बताउनुभएको छ । आज मोरङको रंगेली नगरपालिका ३ मा रहेको रत्न माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले स्थानीय, प्रदेश र संघ सरकारको सहकार्य संविधानले नै स्वीकार गरेको चर्चा गर्दै विकासका […]

भड्किला प्रचार सामग्री हटाउन निर्वाचन कार्यालयको आग्रह

विराटनगर १२ मंसिर । मोरङको ग्रामथानमा आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि सडकमा राखिएका भड्किला प्रचार सामग्री हटाउन निर्वाचन कार्यालयले आग्रह गरेको छ । मुख्यनिर्वाचन अधिकृतको कार्यालयले आज ग्रामथानमा आचारसंहिताबारे आयोजना गरेको सर्वदलिय बैठकमा मुख्य निर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले आचारसंहिता विपरितका तुल व्यानरहरु हटाउन आग्रह गर्नुभयो । उहाँले निर्वाचनलाई स्वच्छ र मर्यादित […]

मोरङ बुढीगंगामा छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

विराटनगर ११ मंसिर । मोरङको बुढीगंगामा गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बुढीगंगा गाउँपालिकाको आयोजनामा प्रतिभा पहिचान र रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो । मंसिर १५ गते सम्म चल्ने प्रतियोगिताको रनिङ शिल्ड तर्फ विद्यार्थीले भलिवल, कवड्डी, कराँते र एथ्लेटिक्स र प्रतिभा पहिचान तर्फ चित्रकला, नृत्य, बक्तृत्वकला र गायनमा प्रतिष्पर्धा […]

उपनिर्वाचनका लागि मोरङमा निर्वाचन सामाग्री आईपुग्यो, विहीबार मतदान केन्द्र लगिने

विराटनगर ११ मंसिर । आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन सामाग्री प्रदेश निर्वाचन कार्यालय विराटनगरमा आईपुगेको छ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुने निर्वाचनका लागि निर्वाचन सामाग्री आईपुगेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तिर्थराज अधिकारीले जानकारी दिनुभयो । निर्वाचन प्रयोजनका लागि आवस्यक पर्ने मतपत्र र मतपेटिकालगायत आवस्यक सम्पूर्ण सामग्री […]