विराट एक्स्पोको उद्घाटन एक दिन पछि सर्यो

विराटनगर, ८ माघ । उद्योग संगठन मोरङको आयोजनामा हुने विराट एक्स्पो २०२५ का उद्घाटन मिति एक दिन पछि सरेको छ । कार्यक्रमको समुद्घाटन कार्यक्रम माघ ११ गते २ वजेका लागि निर्धारण गरिएकोमा एक्स्पोलाई पूर्ण डिजिटल तथा अन्तर्राष्ट्रिय स्तरको स्वरुपमा आयोजना गर्ने तयारीका लागी केहि प्र्राविधिक विषय व्यवस्थापनका कारण समुद्घाटन कार्यक्रमलाई एक दिन पछि सार्नु परेको […]

बैजनाथपुर रंगशाला संरक्षण समितिमा थारु , इटहरीमा विष्ट

विराटनगर ८ माघ । कोशी प्रदेश खेलकुद विकास बोर्डले विराटनगर महानगरपालिका वडा नं १९ मा रहेको बैजनाथपुर क्रिकेट रंगशाला संरक्षण तथा सम्वर्द्धन समितिको संयोजक पदमा प्रदिपकुमार भगत थारुलाई मनोनयन गरेको छ। खेलकद विकास बोर्डको २३ औं बैठकले बोर्डका सदस्य समेत रहनु भएको थारुलाई संयोजक पदमा मनोनयन गरेको हो। बोर्ड बैठकले क्रिकेट रंगशाला संरक्षण तथा सम्वर्द्धन […]

कोशी प्रदेशसभाको छैठौं तथा हिउँदे अधिवेशन आजदेखि शुरु

विराटनगर ७ माघ । कोशी प्रदेशसभाको छैठौं तथा हिउँदे अधिवेशन आजदेखि शुरु भएको छ । हिउँदे अधिवेशनको पहिलो बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका प्रदेश समितिका सभापति उद्धव थापामाथि भएको कुटपिट घटना सानो तर अराजक भएको बताउनु भएको छ । उहाँले घटनामा संलग्नलाई कारबाही गर्न सम्बन्धित सुरक्षा निकायलाई निर्देशित गरिएको […]

सरकार मुलुकमा पूर्णरुपमा शान्ति सुरक्षा कायम राख्न दृढ : गृहमन्त्री लेखक

विराटनगर ७ माघ । गृहमन्त्री रमेश लेखकले सरकार मुलुकमा पूर्णरुपमा शान्ति सुरक्षा कायम राख्न दृढ संकल्प रहेको बताउनु भएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले अपराधजन्य काम गर्ने मानिसहरुलाई कानून वमोजिम कारवाही गरिने प्रतिवद्धता व्यक्त गर्नु भयो । गृहमन्त्री लेखकले लोकतन्त्रमा पेशागत स्वतन्त्रता हुन्छ भन्दै वहस गरेको कारणले वकिल, इलाज गरेका कारणले […]

विराट एक्स्पो : डिजिटल तथा व्यावसायीक विकास सेवा पेभिलियन

विराटनगर ७ माघ । विराट एक्स्पो २०२५ मा आईटी तथा डिजिटल प्रविधिको क्षेत्रमा नेपालमा उपलब्ध प्रविधि, प्रोसेस, पूर्वाधार, उपकरण तथा पद्धतीहरु समेटिएको पेभिलियन रहन भएको छ । डिजिटल तथा विडियस यो पेभिलियनले डिजिटल तथा व्यावसायीक विकास सेवाहरुको काम गर्ने छ । यो पेभिलियनमा स्मार्ट फ्याक्ट्री वा कार्यलयको झलक दिने गरि कार्यालयमा आवश्यक आईटी सेवाको सम्पूर्ण […]