बाल अधिकारको क्षेत्रमा सिविनको निरन्तरता आवस्यक : अधिकारकर्मी

विराटनगर १३ मंसिर । सिविन नेपाल आज देखि ३७ औं वर्षमा प्रवेश गरेको छ । ३६ औं बार्षिकोत्सवको अवसरमा सिविन नेपाल कोशी प्रदेश कार्यालय विराटनगरले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सरोकारवाला संस्थाहरुले बाल अधिकारको क्षेत्रमा सिविनको निरन्तरता आवस्यक रहेको बताएका छन् ।

अधिकारकर्मी दिनेश श्रेष्ठले नेपाली बालबालिकाको क्षेत्रमा सिविनले सवैभन्दा महत्वपूर्ण काम गरेको बताउनु भएको छ । सिविनको काम प्रभावकारी भएको उहाँले बताउनुभयो । अधिकारकर्मी देवी बाँस्कोटाले सिविन नेपालले आफुलाई समय अनुसार परिमार्जन गर्न आवस्यक रहेको बताउनुभयो । बाल अधिकारका सवाल ३६ वर्ष अघि र पछिमा धेरै परिवर्तन भएको बताउनुभयो ।

कार्यक्रममा इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरका प्रमुख सोमराज थापाले बाल अधिकारको क्षेत्रमा सिविन नेपालले महत्वपूर्ण काम गरेको बताउनुभयो ।

विराटनगर महानगरपालिका बाल कल्याण अधिकारी मञ्जु लोहनीले बाल श्रम, बाल विवाह नियन्त्रणमा चुनौती रहेको बताउनुभयो । उहाँले महानगरले बालबालिकाको सवालमा संघ संस्थाको सहयोगमा काम गरिरहेको बताउनुभयो । सिविन नेपाल विराटनगरका प्रमुख बासु अधिकारीले सिविन नेपालले अहिले बालबालिकाको मानसिक स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले बाल संरक्षणको सवालमा बालिकाको अवस्था दयनिय रहेको बताउनुभयो ।

शुभकामना आदानप्रदान कार्यक्रममा अधिकारकर्मीहरु सीता शर्मा, सरिता खनाल, विनोद पोखरेल, नवराज निरौला, स्वस्तिका पोखरेल लगायतले सिविन नेपाललाई बार्षिकोत्सवको शुभकामना दिनुभएको थियो ।