अर्किड पब्लिक स्कुलमा आज ७८ बालबालिकाको अक्षरारम्भ

विराटनगर ९ माघ । विराटनगर १० को अर्किड पब्लिक स्कुलले आज ७८ जना बालबालिकालाई अक्षरारम्भ गराएको छ । सरस्वती पुजा तथा बसन्त पञ्चमीको अवसर पारेर स्कुलले सो संख्यामा बालबालिकाको अक्षरराम्भ गराएको जनाएको हो ।

आज अक्षरराम्भ गराएका बालबालिकाको स्कुलले निशुल्क भर्ना गर्ने प्रिन्सीपल मनिस भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुार आज स्कुलमा विज्ञान प्रदर्शनी तथा फेस पेन्ट कार्यक्रम पनि गरिएको थियो ।