एमाले महाधिवेशन : मोरङ २ र ३ बाट दुई नगरप्रमुख सहित २१ जनाद्धारा उम्मेदवारी फिर्ता, क्षेत्र नं. २ का महिला प्रतिनिधि सर्वसम्मत

विराटनगर १२ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा मोरङ २ र ३ बाट २१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

मोरङ २ बाट महिला प्रतिनिधिहरु रामजना अधिकारी र गीतादेवी बानियाँ कार्की सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ ।

क्षेत्र नं. २ बाट खुल्ला तर्फबाट विष्णु पोखरेल, महिला तर्फ नुरसदी बेगम, मीराकुमारी दास, भूमिका दुलाल र सरोजकुमारी झा, यूवा तर्फ बमलाल खवासले उम्मेदवारी फिर्ता लिएका थिए ।

महिला प्रतिनिधि सर्वसम्मत बनाउनका लागि सुनबर्षी नगरपालिकाका उपप्रमुख सहित ४ महिलाले उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।

४ खुल्ला र एक यूवा गरि ५ जना प्रतिनिधिका लागि खुल्लाबाट ऋषिकेश पोखरेल, अनिलकुमार पोखरेल, शंकर थापा, डिवी कार्की, श्याम राजवंशी, गोपालबहादुर कार्की, सुशील बुढाथोकी, हसन इमाम बक्स, लिलाबल्लभ अधिकारी, जगत काफ्ले (झमक), राम गुरुङ, यूवा तर्फ हेमेश्वर राई र करण ठाकुरवीच शनिबार हुने निर्वाचनमा प्रतिष्पर्धा हुने भएको छ ।

क्षेत्र नं. ३ बाट दुई नगरप्रमुख र एक पूर्व नगरप्रमुख सहित १५ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता लिनेमा बेलबारीका नगरप्रमुख दिलप्रसाद राई, सुन्दरहरैचाका नगर प्रमुख केदारप्रसाद गुरागाइँ र पथरीशनिश्चरेका पूर्व नगरप्रमुख दिलिपकुमार राइ छन् ।

उम्मेदवारी फिर्ता खुल्लाबाट सन्तोष बान्तवा, सुरेन्द्रबहादुर थापा, भोजराज श्रेष्ठ, रविन थापा, बाबुराम येङदेन, अम्बरबहादुर गुरुङ, चन्द्र नेउपाने, प्रकाश राई महिला तर्फबाट अञ्जु सिग्ेदल र यूवा तर्फबाट नविन पौडेल, विजय डाँगी, ई.प्रदिप नेपाल रहेका छन् ।

९ प्रतिनिधिका लागि शनिबार हुने निर्वाचनमा खुल्ला तर्फबाट भगतचन्द्र थपलिया, इरन राई, भोलाप्रसाद अधिकारी, ज्ञानेन्द्र सुवेदी, बासुदेव थापा (नविन), प्रकाशबहादुर कार्की , बीरेन्द्र श्रेष्ठ, भूपाल श्रेष्ठ, रोशनप्रसाद ढकाल, राजकुमार ओझा, शंकर गुरुङ, मातृकाप्रसाद ढकाल, रमेश दाहाल, महिला तर्फ यसोदा लिम्वु, धनमाया तामाङ, यमुना विष्ट, सीता तामाङ, दुर्गा सुवेदी दंगाल, रत्नदेवी गुरुङ (मधु) र यूवा तर्फबाट भविन पाण्डे, निरजकुमार ढकाल र हिमालय थापा (पर्वत) प्रतिष्धर्पा गर्ने भएका छन् ।

क्षेत्र नं. ३ मा महाधिवेशन प्रतिनिधिका लागि २२ जना प्रतिष्पर्धामा रहेका छन् । सो क्षेत्रबाट ३७ जनाले मनोनयन दर्ता गराएका थिए ।