विराटनगर १२ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि मोरङ क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराएका ५ जनाले फिर्ता लिएका छन् ।
फिर्ता लिनेहरुमा खुल्ला तर्फ सुरेन्द्रकुमार शेर्मा, , योगराज लिम्वु, डिल्लीप्रसाद खतिवडा महिला तर्फ हिरा श्रेष्ठ र यूवा तर्फ भीमबहादुर कार्की रहेका छन् ।
निर्वाचन समितिले प्रकाशन गरेको अन्तिम नामावली अनुशार खुल्ला तर्फ गंगाप्रसाद बाँस्तोला, गंगा खरेल, डिल्लीराम शर्मा अधिकारी, उमाकान्त गौतम, देवीप्रसाद आचार्य, पर्तमान धिमाल, बुद्धिमान लिम्वु, सुमन मिरिङचिङ, भूपेन्द्रकुमार लावती, यज्ञप्रसाद सुवेदी, महिला तर्फ कृष्णकुमारी पोखरेल, मेनुका आचार्य, उर्मिला थापा, मेनु पाण्डे, सरला राई, शान्तिकुमारी लिम्वु र मिनाकुमारी खतिवडा र यूवा तर्फ नितम चौहान र उर्गेन तामाङवीच प्रतिष्पर्धा हुने भएको छ ।
क्षेत्र नं. १ को ८ जना महाधिवेशन प्रतिनिधि चयनका लागि शनिबार विहान ८ देखि ४ वजे सम्म त्रिवेणी सामुदायिक वनको भवन लेटाङ ५ मा मतदान हुने निर्वाचन समितिले जनाएको छ ।