विराटनगर ६ मंसिर । नेकपा एमाले मोरङ कटहरी गाउँ कमिटी वडा नं. १ को अध्यक्षमा पुन : पुष्कर पोखरेल निर्वाचित हुनु भएको छ । आज सम्पन्न दोश्रो वडा अधिवेशनले पोखरेलको अध्यक्षतामा नयाँ वडा कमिटी सर्वसम्मत चयन गरेको छ ।
वडा कमिटीको उपाध्यक्षमा दिलिपकुमार माझी, सचिवमा नशिब राजबंशी, सहसचिवमा अजय राय अमात र जानुका खतिवडा चयन हुनु भएको छ ।
वडा अधिवेशनमा एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे, पूर्व मोरङ अध्यक्ष बाबुराम कार्की, एमाले मोरङ सचिवालय सदस्य मुकेश बुढाथोकी, कटहरी गाउँ कमिटी इन्चार्ज सुवास सरदार लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।