विराटनगर २५ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले पार्टीको विधान संशोधनको माग गर्नु भएको छ । पार्टीमा जेनजी पुस्ताको सहभागिता सुनिश्चित गर्न विधान संशोधन गर्नुपर्ने उहाँले बताउनुभयो ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक उहाँले विधान संशोधनका लागि आगामी पुसभित्र पार्टीको विधान अधिवेशन आयोजना गर्नुपर्ने बताउनुभयो । पार्टीको नियमित महाधिवेश गर्ने कि विशेष महाधिवेशन गर्ने भन्ने विवाद छ । तर, पराजुलीले भने विधान अधिवेशन गर्नुपर्ने बताउनुभयो ।
‘मंसिर–पुसभित्रै पार्टीको विधान अधिवेशन गरी पार्टीको स्थानीय नेतृत्वदेखि केन्द्रीय नेतृत्वसम्मका आठै तह तथा क्रियाशील वितरणमा जेनजी र युवाको न्यूनतम ३० प्रतिशत सहभागिता सुनिश्चित हुने गरी विधानमा आवश्यक संसोधन परिमार्जन गरौँ,’ उहाँले भन्नुभयो ।
उहाँले आगामी पुसभित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको काम सम्पन्न गरेर केन्द्रीय कार्यसमिति बैठकबाट महाधिवेशनको मिति निर्धारण गनुपर्ने बताउनुभयो ।
‘पुसभित्र क्रियाशील नवीकरण गर्ने तथा नयाँ क्रियाशील वितरण सम्पन्न गरौं,’ केन्द्रीय सदस्य पराजुलीले भन्नुभयोे, ‘तत्पश्चात केन्द्रीय कार्यसमितिको बैठक डाकी आगामी फागुन २१ मा आमनिर्वाचन हुने–नहुने परिस्थिति आकलन गरी केन्द्रीय महाधिवेशनको मिति निर्धारण गरौँ ।’