एमाले विराटनगर महानगरले आज मोटरसाईकल र्याली निकाल्दै

विराटनगर २५ कात्तिक । नेकपा एमाले विराटनगर महानगर कमिटीले आज बृहत मोटरसाईकल र्याली निकाल्ने भएको छ ।

विहान ११ वजे पार्टी कार्यालय पाञ्चालीबाट मोटसाईकल र्याली शुरु हुने महानगर कमिटीका अध्यक्ष बलराम गिरीले जानकारी दिनुभयो ।

जेनजी आन्दोलनका माग संवोधन गर्नका लागि संविधान संशोधनबाट मात्रै संभव हुने भएकाले संसद पुर्नस्थापना गर्नु पर्ने माग राखेर मोटरसाईकल र्यालीको आयोजना गरिएको अध्यक्ष गिरीले बताउनुभयो ।

मोटरसाईकल र्यालीमा विराटनगर महानगर कमिटीसँगै जहदा, कटहरी, धनपालथान, ग्रामथान र बुढीगंगा गरि ६ वटा पालिका कमिटीको सहभागिता रहने महानगर कमिटीका सचिव विज्ञान शर्माले जानकारी दिनुभयो ।

विराटनगर पाञ्चालीबाट शुरु भएको र्याली पुष्पलाल चोकमा पुगेर कोणसभामा परिणत हुने सचिव शर्माले बताउनुभयो ।

मोटरसाईकल र्यालीबारे महानगर कमिटीले सोमबार पार्टी कार्यालय पाञ्चालीमा पत्रकार सम्मेलन गरि जानकारी गराएको थियो ।