माओवादी केन्द्रको कार्यबाहक अध्यक्ष दिन नारायणकाजीको माग

विराटनगर ७ असोज । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीमा आफूलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिन माग गर्नु भएको छ ।

पदाधिकारी बैठकमै नेता श्रेष्ठले कार्यबाहक अध्यक्षको जिम्मेवारी दिन माग गर्नु भएको हो ।
माओवादीको पदाधिकारी बैठक गत आइतबार बसेको थियो । जहाँ वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवाहक अध्यक्ष माग गरेको उपमहासचिव शर्माले जानकारी दिनुभयो ।

‘मंसिरमा महाधिवेशन नै गर्ने हो भने करिब दुई महिना हुन्छ । दुई महिनालाई वरिष्ठ नेता नारायणकाजीले पनि मलाई कार्यबाहक दिनुर्पयो भनेर माग गर्नुभएको थियो आइतबार मिटिङमा ।

माग गरेपछि मैले भनेँ दिइदिनुस् न त उहाँलाई कार्यबाहक, दुई महिना त हो, दुई महिना कार्यवाहक दिएर केही बिग्रँदैन, दिनुहोस्,’ उपमहासचिव शर्माले पदाधिकारी बैठकमा भएको छलफल सुनाउनुभयो ।

शर्माले यस्तो आग्रह अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गर्नु भएको हो ।