५ जना मन्त्रीहरूको नाम राष्ट्रपति पौडेल समक्ष सिफारिस, आज सपथ

विराटनगर ६ असोज । प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्नु भएको छ ।

उहाँले आफ्नो समूहमा साँझ गहन छलफल गरेपछि पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्‍य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्नु भएको हो ।

सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ आज सोमबार हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।