
विराटनगर, ५ भदौ । मोरङ उद्योग व्यापार संघको टोलीले आज झापा जिल्ला स्थित विभिन्न उद्योग वाणिज्य संघहरुमा भ्रमण तथा भेटघाट गरेको छ ।
मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र निवर्तमान अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नवीन रिजालको नेतृत्वमा गएको संघको टोलीले झापा उद्योग वाणिज्य संघ, झापा उद्योग संघ, मेची उद्योग वाणिज्य संघ, विर्तामोड उद्योग वाणिज्य संघ र शिवशताक्षी उद्योग वाणिज्य संघमा भ्रमण भेटघाट गरेको थियो ।
उद्योग वाणिज्य संघहरुमा भ्रमणका क्रममा संघका अध्यक्ष राठीले सम्बन्धित संघका अध्यक्ष, पदाधिकारीहरु र कार्यसमितिहरुसँग भेटघाट गरी उद्योग वाणिज्य संघहरुसँग आफ्नो संघको सम्बन्ध थप प्रगाढ बनाउने तथा उद्योगरव्यवसाय क्षेत्रका साझा समस्याहरु निराकरणार्थ ऐक्यबद्ध भई अघि बढ्ने उद्देश्यले भ्रमण भेटघाटको कार्यक्रम आयोजना गरेको बताउँदै समसामायिक विषयहरुमा छलफल गर्नु भएको थियो ।
टोलीमा संघका अध्यक्ष राठी, निवर्तमान अध्यक्ष रिजाल सहित वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह, प्रवक्ता दिपेश सुवेदी, आमन्त्रित सदस्य डा. दिपेन्द्र नौलखा, युवा उद्यम समिति संयोजक अमित अग्रवाल र प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मीको सहभागिता रहेको थियो ।