अम्बे मुरारीद्धारा पत्रकार अधिकारी सहित ९ जना सम्मानित

विराटनगर १३ पुस । अम्बे मुरारी सेवा केन्द्रले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको छ । १४ औं वार्षिकोत्सवका अवसरमा आज विराटनगरमा आयोजित कार्यक्रममा केन्द्रले पत्रकारितासहित विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरेको हो । कार्यक्रममा रेडियो नेपालको मोरङ संवाददाता कुमोद अधिकारी, समाजसेवी डा. मीनाक्षी नेपाल, भिखमचन्द सरल, चिकित्सा क्षेत्रबाट डा. महानन्द मिश्र, डा. […]

नेपाली कलाकारको सहभागितामा ग्रीसमा भब्य सास्कृतिक कार्यक्रम

उमा थापा एथेन्स- ग्रीस नेपाली समाजले क्रिसमसको अवसर पारेर सोमबार ग्रीसमा भब्य सास्कृतिक कार्यक्रम गरेको छ । ग्रीसको राजधानी एथेन्समा रहेको होटल प्रेसिडेन्टमा गरिएको कार्यक्रममा सयौ नेपालीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नेपालबाट चर्चित कलाकारहरु नेपाली रंगमञ्चका चर्चित व्यक्तित्व, शिवहरी आचार्य, हास्यकलाकार जितु नेपाल ( मुन्द्रे), गोपाल नेपाल (फिस्टे), गायकद्वय रामचन्द्र काफ्ले र जुनु रिजालको […]

राष्ट्रसेवक सहकारीद्धारा चालु आ.व. ४४ करोड ७२ लाखको कारोबार गर्ने लक्ष्य

विराटनगर १० पुस । मोरङको विराटनगरमा रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष जीवन काफ्लेको अध्यक्षता तथा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा सहकारीका अध्यक्ष काफ्लेले सहकारीको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत […]

मोरङका वडा–वडामा माईती नेपालको मानव बेचबिखन तथा ओसार पसार विरुद्धको समिति

विराटनगर ७ पुस । मानव बेचबिखन तथा ओसार पसार विरुद्धको अभियानलाई प्रभाकारी बनाउन मोरङका पालिकाहरूमा ओसार पसार विरुद्धको समिति गठन हुन थालेको छ । माइती नेपाल विराटनगर कार्यालयले मोरङ लेटाङ नगरापालिका, सुन्दरहरैचा नगरपालिका, केराबारी गाउँपालिका र जहदा गाउँपालिकामा पालिका स्तरीय समिति गठन गरेको माइती नेपाल मोरङका संयोजक विनोद पोख्रेलले बताउनुभयो । उहाँका अनुसार मानव बेचबिखन […]

गिरिजाप्रसाद कोइराला विशेष सम्मानबाट पत्रकार निरौला सहित चारजना सम्मानित

विराटनगर, ६ पुस । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले पूर्व अध्यक्ष सहित विभिन्न ४ जना ब्यक्तिहरुलाई सम्मान गरेको छ । फाउण्डेशन कोशी प्रदेशले आज विराटनगरका एक कार्यक्रमको आयोजना गर्दै गिरिजाप्रसाद कोइराला विशेष सम्मानबाट फाउण्डेशन कोशी प्रदेशका पूर्व अध्यक्ष शैलेन्द्र शिवाकोटी र फाउण्डेशन मोरङका संस्थापक पूर्व अध्यक्ष कौशल निरौलालाई सम्मान गरेको हो । शिवाकोटी अर्थशास्त्री हुन् भने निरौला […]