विराटनगर, ४ पुस । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले नागरिकहरुमा आशाको संचार जगाउन पत्रकारको भुमिका बढी महत्वपूर्ण रहेको बताउनुभएको छ । कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा राष्ट्रिय समाचार समिती(रासस)ले विराटनगरमा आयोजना गरेको जिल्ला संवाददाताहरुका लागि क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रमको आज समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बनाउनुभएको हो […]
विराटनगर ४ पुस । कोशी प्रदेश खेलकुद विकास बोर्डले खेल संघ तथा खेल संस्थाहरुको दर्ता , नवीकरण , सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मार्गनिर्देशन – २०८१ पारित गरेको छ । आज प्रदेशको सामाजिक विकास मन्त्रालयमा बसेको बोर्डको २४ औं बैठकले मार्गनिर्देशन पारित गरेको हो । कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा […]
विराटनगर २ पुस । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारहरुले लोकतन्त्रको सुदृढिकरण र विधिको शासनका लागि भूमिका खेल्नु पर्ने बताउनुभएको छ । आज विराटनगरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सत्य र तथ्यका आधारमा पत्रकारहरुले राष्ट्रको पहरेदारी गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘अहिले नो नट अगेनका नाममा अनावश्यक […]
विराटनगर २ पुस । प्रहरीले पोखराको सूर्यदर्शन सहकारीका १८ हजार ७ सय सर्वसाधारणको बचत अपचलनमा अन्य ५० जनालाई जस्तै रास्वपा सभापति रवि लामिछानेलाई पनि मुद्दा चलाउने सिफारिससहित प्रतिवेदन बुझाएको छ । लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा चारदेखि ६ वर्ष तथा थप ५० प्रतिशत र सम्पत्ति शुद्धीकरणमा दुईदेखि १५ वर्ष कैद र २८ करोड बिगो र […]
विराटनगर २ पुस । विराटनगर महानगरपालिकाको आयोजनामा सोमबारदेखि ‘महानगर रोजगार मेला’ सुरु भएको छ । विराटनगर–७ स्थित इको पार्कमा सुरु भएको मेलाको प्रमुख नागेश कोइरालाले उद्घाटन गर्नुभयो । रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरुलाई जोड्ने उद्देश्यले मेलाको आयोजना गरिएको महानगरले जनाएको छ । युवा जनशक्तिको वैदेशिक पलायनलाई रोक्ने उद्देश्यले स्वदेशमा नै रोजगारीको अवसर प्रदान गर्नका […]