विराटनगर ७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको उम्मेदवार नै राष्ट्रपति हुने दावी गरेका छन् । एमालेको उम्मेदवारमै राष्ट्रिय सहमति बन्ने उनको भनाई छ । विराटनगर विमानस्थलमा आईतबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा एमाले अध्यक्ष ओलीले सो कुरा बताएका हुन । उनले भने,‘ एमालेको उम्मेदवारमा सवैको सहमति जुट्छ ।’ एमालेले फागुन १३ गते उम्मेदवार फाइनल […]
विराटनगर, फागुन ६ । नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङ विराटनगरमा जारी ‘लिनिङ १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता २०२३’ को एकलतर्फ फाइलमा प्रवेश गरेका छन् । नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरियताभित्र रहेका पुरुष एकलको सेमिफाइनलमा पुलिसका प्रिन्सले त्रिभूवन आर्मीका रुकेश महर्जनलाई २१–९, २१–१७ ले पराजित गर्दै फाइनल यात्रा […]
विराटनगर ६ फागुन । राष्ट्रपति निर्वाचनको मिति नजिकिदै गर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक दौडधुप तीव्र पार्नु भएको छ । संसदको सबै भन्दा ठूलो दल कांग्रेसको तर्फबाट राष्ट्रपति पदको उम्मेद्वारमा वरिष्ठ नेता पौडेलको चर्चा चलिरहेको हो । राष्ट्रपति बन्ने आशंका राख्नुभएका पौडेलले राजनीतिक दलका शीर्ष नेताहरुसँगको भेटवार्तालाई पछिल्ला दिनमा थप सघन बनाउनुभएको छ […]
विराटनगर ६ फागुन । विराटनगर कानेपोखरी सामाजिक सम्पर्क समितिको नयाँकार्य कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको पाँचौं साधारणसभा तथा दोस्रो अधिवेशनले २१ सदस्यीय कार्यसमितिको चयन गरेको हो । समितिको अध्यक्षमा प्रेम खड्का, सहअध्यक्षमा बद्रीविक्रम थापा, महासचिवमा नरहरी निरौला र कोषाध्यक्षमा प्रेम खत्री चयन भएका छन् । १५ सदस्यीय कार्यसमितलाई बिस्तार गरेर २१ सदस्यीय बनाउने […]
विराटनगर ६ फागुन । राष्ट्रिय समाचार समिति (रासस) को ६२ औं वार्षिकोत्सवको उपलक्ष्यमा आज यहाँ आयोजित कार्यक्रममा राससका तीन जना पूर्व कर्मचारीलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुने कर्मचारीहरुमा टेकनाथ दाहाल, कमलबहादुर ठकुरी र कृष्णप्रसाद वाग्ले रहेका छन् । उहाँहरु तीनै जना यस क्षेत्रका राससका सेवानिवृत्त कर्मचारी हुन । नेपाल पत्रकार महासङ्घ प्रदेश समितिका […]