कोशी प्रदेश सभामा विषयगत समितिका सदस्य मनोनयन

विराटनगर २२ कात्तिक । कोशी प्रदेश सभामा लामो समयदेखि बन्न नसकेको संसदीय समितिको मनोनयन गरिएको छ । दोस्रो प्रदेश सभाको एक वर्ष पुग्नै लाग्दा बल्ल संसदीय समितिका सदस्यहरू मनोनयन गरिएको हो ।

कोशी प्रदेश सभाको चौथो अधिवेशनको छैटौँ बैठकमा विषयगत समितिका सदस्यहरू मनोनयन गरिएको प्रदेश सभाका सभामुखको भूमिकामा रहनु भएका उपसभामुख सृजना दनुवारले प्रदेश सभालाई जानकारी गराइन् । यसरी मनोनयन भएका विषयगत समितिका सदस्यहरूमा न्याय प्रशासन तथा विधायन समितिमा अम्बरबहादुर विष्ट, खगेश्वरी पौडेल, गीता तिम्सिना, गम्बु शेर्पा, भूपेन्द्र राई, रमेश कुमार बस्नेत, रामबहादुर मगर, ललिता कुमारी चौधरी, लिलाबल्लभ अधिकारी, विनोद राई, लीलादीक्षित कार्की र होमबहादुर थापा छन् ।

सुशासन तथा योजना समितिमा इन्दिरा थापा, इन्द्रबहादुर आङ्बो, उद्धव थापा, कमला दर्नाल, नारायण बहादुर मगर, निर्मला लिम्बु, भक्तिप्रसाद सिटौला, भूमिप्रसाद राजवंशी, मालतीकुमारी लिम्बु, मिना श्रेष्ठ, राजेन्द्रकुमार राई, राधाकृष्ण खनाल, लखी कुमारी गणेश, हिक्मतकुमार कार्की र लिला कुमारी राई छन् ।

अर्थ समितिमा गोपाल तामाङ, छविलाल चुँडाल, जीवन आचार्य, ज्ञानेन्द्र सुबेदी, तारा ढकाल, बाबुराम गौतम, मानबहादुर लिम्बु, रामकुमार खत्री, रोहितबहादुर कार्की, विजयकुमार राई, विदुर कुमार लिङ्थेप, सविना बजगाईँ, सुनिताकुमारी गुरुङ छन् । सार्वजनिक लेखा समितिमा किशोरचन्द्र दुलाल, गितारानी महतो, दुर्गाप्रसाद चापागाईँ, पाँच कर्ण राई, प्रदीपकुमार सुनुवार, प्रेमराज थाम्सुहाङ, भीम पराजुली, यशोदा कायस्थ, रोवतीरमण भण्डारी, सदानन्द मण्डल र हिमाल कार्कीलाई मनोनयन गरिएको छ । त्यस्तै सामाजिक विकास समतिमा इस्राइल मन्सुरी, गयानन्द मण्डल गन्गाइ, गितादेवी रेग्मी, तिलचन्द पाठक, नम्बरलाल धिमाल, ममता तामाङ, राजन किराँती, रामदेब यादव, विद्या चाम्लिङ राई, शोभा चेम्जोेङ, सपना दर्जी र सिर्जना राई छन् ।

उद्योग पर्यटन तथा वातावरण समितिमा उमाकान्त गौतम, कमला थापा, खगेन्द्रसिं हाङ्गाम, खिनु लङ्वा लिम्बु, जयप्रकाश चौधरी, गोपालबहादुर विश्वकर्मा, निरन राई, निरादेबी खनाल, बुद्धिकुमार राजभण्डारी, मैयाँ श्रेष्ठ, राजेन्द्र कार्की, सुनिता चौधरी र सम्झना तामाङ थाम्सुहाङ छन् । प्राकृतिक श्रोत तथा पूर्वाधार विकास समितिमा अमृत कुमार अर्याल, इन्द्रमणी पराजुली, खड्गबहादुर बस्नेत, एकराज कार्की, गोबिन्द गिरी, डोल्मा तामाङ, तिलकुमार मेन्याङ्बो लिम्बु, निमसरी राजवंशी, नुरसदी बेगम, बन्दना झाँगड, मोहन महर्जन र रामप्रसाद महतोलाई मनोनयन गरिएको छ ।